जलजला गाउँपालिका ९ बनौमा शनिबार नेपाली काँग्रेसको जनजागरण कार्यक्रम सम्पन्न भएको छ । वडा सभापति होमबहादुर फगामीको अध्यक्षता र आकाश चोचाङ्गीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तरुण दलका केन्दीय कोषाध्यक्ष तथा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य विद्धान गुरुङ्गले सरकारका गलत कामको भण्डाफोर गर्न र पार्टीको नीति तथा कार्यक्रम जनतासमक्ष लैजान अभियान चलाएको बताउनुभयो ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले संघीय र प्रदेश सरकारको हस्तक्षेपका कारण स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन, जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य सोम पुन, वडा न. ४ का वडा अध्यक्ष भिष्म मल्ल र नेपाल शिक्षक संघका जिल्ला सदस्य हरिनायाण रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा जनमुक्ति र नेकपाका ५ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका याम शर्मा पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply