एपी वान टेलिभिजनमा प्रशारण भइरहेको ‘को बन्छ करोडपति’को पहिलो शृंखलामा यसपटक दुई रोमाञ्चक घटना भएका छन् । पहिलो शृंखलामा पहिलो करोड जित्ने शौभाग्य विरानटरका राजीव जैनले प्राप्त गरेका छन् । उनले एक करोड रुपैयाँ जितेर यो फ्रेञ्चाइजमा आफ्नो नाम लेखाउन सफल भएका छन् । जैनले एक करोड जितेको कार्यक्रमको आधा भाग प्रशारण भइसकेको छ भने बाँकी आधा आइतबार बेलुका प्रशारण हुँदैछ ।

आजसम्मका सहभागीहरुले यति ठूलो रकम जित्न सकेका थिएनन् । तर जैनको अध्ययन र ज्ञानले यो सम्भव भएको कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी बताउँछन् । जैनमा भएको ज्ञानबारे निर्देशक अधिकारीले भने, ‘उनमा फोटोग्राफी मेमोरी रहेछ । यो यस्तो स्मरण शक्ति हो, जसले किताबको पन्ना हेरेकै भरमा उसको दिमागमा पन्नाकै फोटो बसिदिन्छ । मलाई जैनमा यहि विशेषता भएको लाग्छ ।’

जैन परिवारसँग ३६ वर्षदेखि व्यापारमासँगसँगै रहेका मुरारी कोइरालाको बुझाइमा राजीवमा अद्भूत स्मरण शक्ति छ । कोइराला भन्छन्, ‘कुनै पनि नम्बर, मोबाइल नम्बर, कुनै तथ्यांक उसलाई एक पटक भनेपछि पुग्छ । मैले कुनै बेला ‘ए राजीव यो नम्बर सम्झीराख है भन्यो भने उसको दिमागमा त्यो बसिरहन्छ । सोधेको बेला भनिदिन्छ । उसले नोट गरिराख्न पर्दैन ।’

राजीवले २५ लाख जितिसकेका छन् । आइतबारको खेलपछि उनले बाँकी रकम जित्नेछन् । अर्कोतिर यहि कार्यक्रममा रवि लामिछानेले पनि राम्रो रकम जितेका छन् । उनको भाग प्रशारणको क्रममा छ । रविले कति जिते त ? कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी भन्छन्, ‘उनले राम्रो रकम जितेका छन् । अथवा ‘रेस्पेक्टेड अमाउन्ट भनौं ।’ उनले रविले जितेको रकम खुलाएनन् । तर रोमाञ्चक कार्यक्रममा राम्रो रकम जितेको भने अधिकारीले जानकारी दिए । Copyright:nepalaaja.com

Leave a Reply