भूमाफियाले बालुवाटार देखि धेरै सरकारी जमिन ब्यक्तिका नाममा बनाएका घटनाहरु सार्वजनिक भैरहेका छन । सरकारी जमिन मात्रै होइन कालीगण्डकी नदी नै ब्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।पर्वत र बाग्लुङ्गको सिमाना भएर बग्ने पबित्र कालीगण्डकी नदीमा पर्ने पर्वतको खनियाघाट देखि नयाँपुल सम्मको चार किलोमिटर भन्दा लामो क्षेत्रफलमा नदी नक्सामै देखिदैन ।

कालीगण्डकी नदी अतिक्रमण भएको, ब्यक्तिले आफ्ना नाममा दर्ता गरेको चर्चापछि २०७२ सालमा पर्वत र बागलुङ्गको संयुक्त टोली गठन भएको थियो । समितिले पर्वत खण्डमा पर्ने कालीगण्डकीको धेरैजसो भाग व्यक्तिका नाममा पहिल्यै दर्ता भएको प्रतिबेदन दिएको हो । कुस्मा नगरपालिका १ मा पर्ने सहस्रधारादेखि कुस्मा ४ मा पर्ने अर्मादीसम्मको करिव दुई किलोमिटर दुरीमा नदीको भाग नै छैन ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा रहेको उक्त अध्ययन प्रतिबेदनका अनुसार कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने कतिपय क्षेत्रफल २०३८ सालमै व्यक्ति र बिभिन्न गुठीका नाममा दर्ता भएको पाइएको छ । पर्वत खण्डमा पर्ने तत्कालिन पाङ गाविस–१, २, ३ र ४ तथा तत्कालिन खुर्कोट गाविस–१ र २ मा पर्ने २४ कित्ताको करिव १६० रोपनी जमिन व्यक्तिका नाममा देखिएको छ । दुर्गाप्रसाद शर्माले नेपालसमाचार पत्रमा समाचार लेखेका छन् ।

Leave a Reply