गरिमा विकास बैंक बेनी शाखाले बेनी अस्पतालमा यूरो गार्ड सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालका विरामीलाई शुद्ध पिउने पानीको लागि करिव ४० हजार मुल्य बराबरको यूरोगार्ड आइतबार एक कार्यक्रमका बीच बैंकका सञ्चालक समिति सदस्य डा.भुपेन्द्रबहादुर खड्का, बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका थिए ।

अस्पतालभित्र आकस्मिक तथा विरामी भर्ना कक्षमा यूरोगार्डको आवश्यकता रहेकोमा गरिमा विकास बैंकले एउटा सहयोग गरेपछि सहज भएको ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए ।उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा उपकरण सहित विरामी, स्वास्थ्यकर्मी र चिकित्सकलाई आवश्यक पूर्वाधारमा सरकारी बजेटमात्रै नभई ब्यक्तिगत तथा संस्थागत रुपमा सहयोग आवश्यक रहेको बताए ।

उनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको सहयोगमा प्राप्त उपकरण सहित विभिन्न सहयोगले गुणस्तरीय सेवा दिन सहज भएको बताए । सोही अवसरमा बैंकका सञ्चालक समितिका सदस्य डा. खड्काले वित्तिय कारोबारसँगै सामाजिक उत्तरदाहित्व अन्तरगत समेत देशभर सहयोग गर्ने गरिएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले शुद्ध खानेपानीको प्रयोग आवश्यक रहेको बताएका थिए ।  बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष एवम् प्रबक्ता रामकृष्ण बराईली, बेनी अस्पतालका निमित्त प्रमुख डा. देवान कार्की, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन अस्पतालका नायव सुब्बा त्रिविक्रम आचार्यले गरेका थिए । म्याग्दीमा चारवटा शाखामार्फत शिक्षा, स्वास्थ्य सहित विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छ ।

Leave a Reply