कुनै समय म्याग्दीमा मेला महोत्सवमा दर्शकलाई पेट मिची मिची हसाउने हाँस्य कलाकार बाबुराम सुबेदी (तिरे) केहीदिन अगाडी काठमाण्डौको खुल्ला सडकमा नाच्दै थिए । मेला महोत्सवसँगै हाँस्य टेलिचलचित्रमा समेत अभियन गरेका बाबुराम सडकमा कुनै सुटिङ नभई मानसिक असन्तुलनका कारण अलपत्र अवस्थामा भेटिएका थिए ।

मनोरञ्जनको दुनियाँमा दर्शकलाई रुवाउन, हसाउन र नचाउन अब्बल उनी अहिले कहाँ हाँस्ने, नचाउने र रुने भन्न बारेमा सोच्न नसक्ने अवस्थामा छन् । म्याग्दीबाट काठमाण्डौको बजारमा प्रतिस्पर्धाको लागि पुगेका बाबुरामले केहीबर्ष निकै संर्घष गरेपनि पारिवारिक तथा विभिन्न कारणले उनले अपेक्षा गरे अनुसारको प्रगति गर्न सकेनन् ।

आफन्त र साथीभाईको सहयोगमा काठमाण्डौमा बस्दै आएका बाबुरामको एक्कासी दिमागी सन्तुलन बिग्रेपछि उपचारमा आर्थिक समस्या भएको छ । सडकमै अलपत्र अवस्थामा भेटिएका उनलाई प्रकाश पौडेल सहितको टोलीले समान्य उपचारपछि बेनी ल्याएपनि थप उपचारमा आर्थिक समस्या भएको धौलागिरी नाट्य समुहका अध्यक्ष रबी कार्कीले बताए । ‘उपचारमा घरबाट आर्थिक जुटाउने अवस्था छैन्,‘पुर्नस्थापना केन्द्रमा आवश्यक पर्ने केही आर्थिक जुटाउने प्रयासमा छौ’ उनले भने ।

सुबेदीलाई पुर्नस्थापना केन्द्रमा करिव १ लाख ६० हजारको हाराहारीमा खर्च हुने भएकाले पनि उपचारमा सहयोगको अपिल गरेको बताए । समुहको तर्फबाट ५ हजार सहयोग गदैं थप सहयोगका लागि अभियान सञ्चालन गरिएको उनले बताए । सुबेदीको उपचार सम्भव भएको चिकित्सकको भनाईलाई उद्धित गदैं स्वदेश तथा विदेशमा सहयोग अभियानमा सहभागी हुन समेत कार्कीले अनुरोध गरे ।

 

Leave a Reply