उपल्लो मुस्ताङस्थित लोमान्थाङमो होटल व्यवसायीहरूको एक भेलाले सात सदस्यीय कार्यसमिति गठन गरेको छ । बैठकमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख लगायत उपस्थित थिए । बैठकले प्रदेश सभासद्मार्फत ५ बुँदे मागपत्र प्रस्तुत गरेको छ ।

लगानी सुरक्षित गर्न, युवालाई विदेशिनबाट रोक्न र पर्यटन व्यवस्थापन गर्न नेपाल सरकारले पर्यटकसँग लिइरहेको न्यूनतम ५ सय डलर प्रवेश शुल्क घटाएर २ सय डलरभन्दा कम गर्नुपर्ने समितिको माग छ । बैठककोे सार्क राष्ट्र र चिनियाँ पर्यटकका लागि प्रवेश निःशुल्क गर्नुपर्ने, पर्यटक प्रवेश मिति कागवेनीबाट प्रवेश गरेदेखिको तय गर्नुपर्ने, उपल्लो मुस्ताङको भ्रमण गर्न एक जनालाई पनि स्वीकृति दिनुपर्ने र चलचित्र तथा वृत्तचित्रको छायांकनमा निःशुल्क अनुमति प्रदान गर्नुपर्ने लगायतका माग रहेको बताइएको छ ।

Leave a Reply