रघुगंगा गाउँपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेकपाको रघुगंगा गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले शपथग्रहण गराएका थिए ।

शपथग्रहण गराउँदै अध्यक्ष पौडेलले जनताको बीचमा रहेर पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा अगाडी बढाउन निर्देशन दिएका थिए । नेकपाको केन्द्र र प्रदेशको विधि तथा विधान अनुसार आगामी दिनमा बैठक तथा सङ्गठन विस्तारको कार्यक्रम बस्तीसम्म पुग्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व सांसद नवराज शर्मा, जिल्ला कमिटी सदस्य बालकृष्ण सुबेदी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम रघुगंगा गाउँ सङ्गठन कमिटी अध्यक्ष दिपक कार्कीको अध्यक्षता, सचिव हरि भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । जिल्लाका ६ वटै स्थानीय तहमा नेकपाको सपथ ग्रहण कार्य सम्पन्न भएको छ ।

Leave a Reply