७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने योजना सहित आफ्नै जिल्लामा रहेको हिमालबाट आरोहण यात्रा सुरू गरेका निर्मल पूर्जाले विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि)सफल आरोहण गरेका छन् ।
जिल्लाको धवलागिरी गाउँपालिका ४ मुदीमा पर्ने हिमालको पश्चिम मोहडाबाट आइतबार साँझ सफल आरोहण गरेका थिए । अतिरिक्त अक्सिजनको प्रयोग नगरी पूर्जाले धौलागिरीको आरोहण गरेको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘उहाँ अव कञ्चनजंगाको आरोहणतर्फ लाग्नुभएको छ,‘रफ्तार हेर्दा लक्ष्य अनुसार नै मिसनले सफलता पाउने छ’ शेरचनले भने । धौलागिरी हिमालको २० देखि २५ दिनको लक्ष्य सहित निस्किएको टोलीले अनुकुल मौषमका कारण लक्ष्य भन्दा अगाडी नै सफल आरोहण गरेर फर्किएको छ।
बेलायती सेनामा हिम चितुवाको नामले चिनिने निर्मल पूर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका थिए। पूर्जाको टोलीमा मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा र रमेश गुरूङ रहेका थिए । विश्व किर्तिमानी कायम गर्न बेलायती सेनाको आर्कषक जागिर समेत छोडेका थिए ।
सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।
८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु,च्होयो, धवालगिरि, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापमा रहेका छन् । यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।
कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए ।क्विन्स गोर्खा इन्जिनियर्समा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।