(म्याग्दीको शान) धौलागिरी हिमाल आरोहण गर्ने पहिलो म्याग्देली बने निर्मल पूर्जा

विश्व किर्तिमान राख्न हिमाल आरोहणमा निस्किएमा निर्मल पूर्जा म्याग्दीमा रहेका दुईवटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो म्याग्देली बनेका छन् । ७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्न प्रोजेक्ट पोसीबल’ नाम दिएर बेलायतबाट नेपाल आएका अन्नपूर्ण गाउँपालिका–३ दानाका पूर्जाले जन्नभुमीमै रहेका दुईवटा हिमाल सफलतापूर्वक आरोहण गरेका हुन् ।

धौलागिरी हिमालको आरोहणको खुल्ला भएको करिव ८ दशक धौलागिरीको चुचुरोमा आइतबार साँझ अतिरिक्त अक्सिजन विनै पुगेका थिए । धवलागिरी गाउँपालिका ४ मुदी र रघुगंगा गाउँपालिकाको कुईनेमंगले लगाएत आसपासका क्षेत्रमा फैलिएको धौलागिरीभन अगाडी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णको आरोहण गरेका थिए ।

बेलायतमा नेपाली हिमचितुवाको नामले समते प्रख्यात पूर्जाले आफ्नै जन्मभूमिबाट अभियान थाल्ने पूर्वयोजना रहेको उनका दाजु कमलबहादुर पूर्जाले बेनीअनलाइनलाई बताए ।‘जन्मभूमिको अग्लो हिमाल चढेर म्याग्देलीको शीर उच्च बनाएको छ,‘धेरैबर्ष पुरानो सपना पुरा भएको छ’ पूर्जाले भने ।उनका अनुसार बेलायती सेनामा भर्तीलगत्तै हिमाल आरोहणको योजना सुनाउने गरेपनि विस्तारै बेलायती टोलीकै नेतृत्व गरेर किर्तिमानी राखेपछि विश्वकै नयाँ किर्तिमानीको अभियानमा जुटेको बताए ।

सन् १९६० मे महिनाको १३ तारिकमा अस्टे«लियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धौलागिरी हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ ।तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भएपनि १९४९ मा स्विस हवाई सर्वेक्षण अज्ञात रहेको थियो।

धौलागिरी हिमालमा अहिलेसम्म कुनैपनि म्याग्देलीले आरोहणको प्रयास नगरेको अवस्थामा पूर्जाले जिल्लाबासीको तर्फबाट नाम राखेको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । ‘म्याग्देलीको नामबाट पनि पूर्जाले पहिलो धौलागिरी हिमालको आरोहणको नाम राख्न सफल हुनुभएको छ,‘उहाँलाई समय मिलाएर म्याग्दीमा भब्य सम्मान गर्ने योजना छ’ बानियाँले भने । धौलागिरीको आरोहणमा नेपालीलाई निकै समस्या हुने गरेको बताए ।

उनले विदेशी समेत विगतमा सहजै पुग्न नसक्ने अवस्थामा पूर्जाले विना अक्सिजन आरोहण गर्नु ठूलो सफलता भएको बताए। उनले म्याग्दीमा रहेका साना–ठुला हिमालमा समेत नेपाली आरोहीको उपस्थिती न्यून हुने गरेको बताए ।हिमालका इन्जिनियर अर्थात शेर्पाहरूले समेत ८ हजार मिटर अग्लो हिमालमध्ये धौलागिरी आरोहणमा सकस हुने गरेको बताउने गरेका छन् । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।