वर्तमान केपी ओली सरकारले पञ्चायती शैलीमा मिडियालाई नियन्त्रण गर्ने नियतले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकसँगै सांसदमा ल्याउने तयारी गरिर्एको आम सञ्चार लगाएतका विधेयकका विरुद्ध प्रेस यूनियन म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ ।

लोकतान्त्रिक देशमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा गर्न खोजिएको ‘कु’ को बिरोधमा प्रेस यूनियन म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रजिअ महेश सुबेदीमार्फत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई ज्ञापनपत्र पठाउँदै मिडियाकर्मीको आन्दोलनको मर्म बुझ्न अपिल गरिएको प्रेस यूनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले बताए ।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शर्माले सरकारको भजन, समर्थन गर्ने भजनमण्डली जस्तै सञ्चारमाध्यमलाई सम्झिएको बताउँदै पत्रकार महासंघ र प्रेस यूनियनको केन्द्रिय कार्यक्रमलाई समर्थन गदैं जिल्लाबाटै दवाव दिने बताए । उनले केन्द्रिय कार्यक्रम अन्तरगत साविकको धौलागिरी अञ्चल भित्रका कार्यक्रमहरुमा सहभागीता जनाउने बताए ।

Leave a Reply