बेनी नगरपालिका–३ भकिम्ली जयन्ती माविका शिक्षक भोजबहादुर जिसीले तलबबाट विद्यालयलाई १ लाख दिए । जिसीसँगै आधारभुत तहका शिक्षक डेकबहादुर घर्ती, खिनदेवी घर्ती, स्मृति पुन लगाएत विद्यालयका शिक्षकले आर्थिक अभावले भवन निर्माणकार्य प्रभावित भएपछि ब्यक्तिगत सहयोग सँगै ऋण खोजेर समेत भवन निर्माणमा सघाएका छन् ।

जीर्ण भवन भत्किने अवस्थमा पुगेपछि स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीको सक्रियतामा सुरु भएको आर्थिक संकलन अभियान, सरकारी निकायबाट प्राप्त सहयोगले समेत अपुग भएपछि विद्यालयका कार्यरत शिक्षक, ब्यवस्थापन समितिका पदाधिकारीबाट ब्यक्तिगत जमानी बसेर ऋण खोजी भवन निर्माणमा खर्च गरिएको प्रधानध्यापक रामबहादुर पुनले बताए ।

‘तलब आउदाँ वित्तिकै खनखन्ती पैसा गनेर विद्यालयको भनवमा खर्च गर्नुभएको छ,‘विद्यालयमा कार्यरत शिक्षकले पहिलो चरणमै न्यूनतम ५ हजारदेखि माथि सहयोग गरिसक्नुभएको छ’ पुनले भने । उनले २० कोठे भवन बनाउन प्रवासमा रहेका भकिम्लीबासीको सक्रियताबाट धेरै सहयोग जुटेको बताउँदै स्थानीयले समेत क्षमता अनुसार सहयोग तथा जनश्रमदान गरेको बताए । भवन निर्माणमा शिक्षकबाट ८ लाख र ब्यवस्थापन समितिले ४ लाख गरी १२ लाख ऋण बाहेक केही थप रहेको बताए ।

 

सदरमुकाम बेनी नजिक भएर पनि स्थापनाकालकै भवनमा पठनपाठन भइरहेको भवनलाई भत्काएर भुकम्प प्रतिरोधात्मक भवन बनाउन स्थानीयले लगतार देखाएको सक्रियता उत्साहजनक भएपनि अन्तिम समयमा आर्थिक अभावले भवनको अन्तिम तथा नजिकै रहेको खेलमैदानमा समान्य मर्मत समेत गर्न सकिएको छैन् ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडा अध्यक्ष पदम पुनले भवनलाई अलपत्र पर्न नदिने गरी थप आर्थिक सहयोग जुटाउनुपर्ने बाध्यता रहेको बताए ।

‘भौतिक पूर्वाधारको काम सकिएपछि शैक्षिक गुणस्तर बढाउने अभियानमै केन्द्रित हुनुपर्ने छ,‘निर्माणधिन भवनका कारण पठनपाठनमा असर गरेको छ’ पुनले भने । उनका अनुसार भवन निर्माणमा शिक्षक तथा ब्यवस्थापन समितिबाट ऋण ब्यवस्थापन गरिएको १२ लाख ६० हजार, फर्निचर, हार्डवयेर लगाएत भवन निर्माणमा गरिएको खर्च २६ लाख गरी करिव ३९ लाख ऋण रहेको बताए ।

भवन निर्माणमा हालसम्म भकिम्लीबासीको पहलमा स्वदेश तथा विदेशबाट, प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाको संसद विकास कोष, तत्कालिन भकिम्ली गाविस र जिसिका, बेनी नगरपालिका, वडा कार्यालय र बेल्जियमको हिमालयन प्रोजेक्ट लगाएतबाट २ करोड ५८ लाख ७५ हजार संकलmन भएको विद्यालयका शिक्षक सन्तोष सुबेदीले बताए । उनले भवन र खेलकुद मैदान समयमै सम्पन्न गर्ने अभियानमा स्थानीयको प्रयासमा आर्थिक समस्या बाधक बनेको बताए ।

Leave a Reply