जर्मनीका विश्वकप विजेता तथा आर्सनलका स्टार मेसुट ओजिलले नेपालबारे ट्वीट गर्दै खुशी व्यक्त गरेका छन्। ओजिलले केही समय अगाडि नेपालमा रहेको आर्सनल फुटबल क्लब समर्थक समूह ‘आर्सनल फ्यान क्लब’लाई आफूले हस्ताक्षर गरेको आफ्नो १० नंबरको जर्सी नेपाल पठाएका थिए।
सोही जर्सी नेपालका एक व्यक्तिले सगरमाथा बेस क्याम्पसम्म पुर्याए। ओजिललाई नेपालमा आउन आग्रह गरे। आर्सनलका समर्थक निरोज खतिवडा ओजिलको जर्सी लिएर विश्वकै सर्वोच्च शिखर सगरमाथा पुगेका थिए। यस्तो माया र साथ देखेपछि ओजिल पनि मख्ख परेका छन्। ओजिलले सगरमाथामा आफ्नो जर्सी सहितको निरोजको फोटो र जर्सीसँग खिचिएको सामूहिक तस्बीर गरी दुईवटा फोटो आफ्नो ट्वीटरमा सार्वजनिक गरेका छन्।
उनले ट्वीटमा लेखेका छन्,‘हेर्नुस त मैले हस्ताक्षर गरेर नेपालको आर्सनल फ्यान क्लबलाई पठाएको जर्सी के भएछ। एक जनाले ५ हजार ३६४ मिटर माथिसम्म त्यस जर्सीलाई सगरमाथा बेस क्याम्पमा पुर्याएछन्।’ source: medianp.com