मोना यूएईले म्याग्देली सांस्कृतिक धमाका गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएई ले आपत्कालिन राहत कोष स्थापना गर्न म्याग्देली सांस्कृतिक धमाका गर्ने भएको छ । यूएईमा रहेका म्याग्देलीको साँझा संस्था मोनाले कोष स्थापनाका लागि आगामी अगष्ट ९ तारिकका दिन काल्र्टन टावर होटलमा कार्यक्रम गर्ने अध्यक्ष रुद्ध बहादुर रोकाले जानकारी दिए । उनका अनुसार कार्यक्रममार्फत संकलित आर्थिकलाई कोषमा राखिने बताए ।

कार्यक्रममा बरिष्ठ लोकगायक खड्क गर्बुजा, चर्चित लोक गायिका देवि घर्तीमगर, हाँस्य गायक रवि कार्की र मोडल तथा नृत्य कालाकार रविना भण्डारी प्रमुख आर्कषण हुन् । सांस्कृतिक कार्यक्रममा यूएईमा रहेका कलाकारहरुको समेत प्रस्तुती हुने छ । सोही अवसरमा म्याग्दीको लोकप्रिय मारुनी नाच सहित लोपउन्मुख नृत्यहरु समेत प्रस्तुत गरिने मोना यूएईले जनाएको छ ।