Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

हेम र शिख माविमा नमुना आवासीय कार्यक्रम

गण्डकी प्रदेशले म्याग्दीका दुई सामुदायिक विद्यालयमा आवासीय सुविधा सञ्चालन गर्ने भएको छ । सामुदायिक द्यिालयमा पढ्नका लागि विद्यार्थीलाई आर्कषित गर्न आवासीय सहित नमुना विद्यालय बनाउने अभियान अन्तरगत जिल्लाको धवलागिरी गाउँपालिका वडा नं ७ ताकम सिवाङस्थीत हेम मावि र अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख मावि छनौट गरिएको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनका निजी सचिव चन्द्रमणि सापकोटाले बताए ।

‘विद्यालय छनौट गरिएको छ,‘डिपिआर तयार गरेपछि बजेट विनियोजन गरिन्छ’ सापकोटाले बेनीअनलाइनलाई भने । सामुदायिक विद्यालयमा पढ्नका लागि विद्यार्थी लालायित हुने अवस्था सिर्जना गर्न सरकारले निरन्तर पहल गरिरहेको अवस्थामा प्रदेशभित्रका ७ विद्यालयमा म्याग्दीका दुईवटा समावेश गरिएको जनाइएको छ ।

नमुना आवासीय कार्यक्रम अन्तरगत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीलाई आवासीय सुविधा तथा भौगोलिक रुपमै विकट मानिएका क्षेत्रका विद्यार्थीलाई समेत आवासीय सुविधाको ब्यवस्था गरिने छ ।शैक्षिक जनशक्ती, पूर्वाधार सहित विभिन्न योजनाहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गरिने भएकाले नमुना आवासीय विद्यालय कार्यक्रमले धवलागिरी गाउँपालिका भित्रका ७वटै वडाका विद्यार्थीलाई सहज हुने अनुमान गरिएको छ ।

सामाजिक विकासमन्त्री पुनले सामुदायिक विद्यालयको गुणस्तर सुधार तथा विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई मर्ज गरी नमुना विद्यालय बनाउने अवधारणाले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Exit mobile version