जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ। साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम बढ्दै गैरहेको छ । तर,म्याग्दीका एक युवाले भने बिहिबार परेको आफ्नो जन्मदिनको अवसरमा समस्यामा परेकालाई सहयोग गरे्र मनाएका छन् ।

जिल्लाको रघुगंगा गाउँपालिका–२, भगवतीका तिलु शर्मा पौडेलले जन्मदिनको अवसरमा मानसिक विरामी भएर उपचार गराइरहेका बेनपा–६ का हाँस्य कलाकार बाबुराम पौडेललाई ७ हजार, बेनपा–६ का प्रवेश विकलाई शैक्षिक साम्रागी र विद्यालयको पोशाक खरिदमा ४ हजार र बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट घरभई हाल मंगलाघाट बस्ने अपाङ कृष्णबहादुर घिमिरेलाई ५ हजार सहयोग गरेका हुन् । मोना कतारका अध्यक्ष समेत रहेका शर्माले विगतमा समेत जन्मदिनको अवसरमा सहयोग गर्ने गरेका थिए ।

‘मैले जन्मदिनमा खर्च गदैन्,‘जन्मदिनमै केही आर्थिक सहयोग गरेर मनाउने गरेको छु’ शर्माले भने । उनले जन्मदिनको अवसरमा आर्थिक अवस्था कमजोर भएकालाई उपचार तथा विभिन्न सहयोग गर्न पाउँदा उत्साहित भएको बताए । शर्माले जन्मदिनको अवसरमा गरेको सहयोग रकम बाबुरामको नाममा आर्थिक सहयोग जुटाइरहेको धौलागिरी नाट्य समुहको गरिमा विकास बैंकको खाता, प्रवेश विकको आमाको नाममा एनएमबी बैंक र सापकोटाको हातमै हस्तान्तरण गरिएको छ ।

Leave a Reply