२६४३ औ लुम्बिनी दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । बिहिबार मगर बौद्ध सेवा समाजको आयोजनामा अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरिएको हो ।

बुद्ध विहारका जग्गादाता पुन्य शाक्य, लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा आयोजित फलफुल वितरण कार्यक्रममा २६४३ औ लुम्बिनी दिवस समारोह समितिका मुल संयोजक एवम् म्याग्दी बुद्ध संघका अध्यक्ष यजनलाल शाक्यले विरामीको स्वास्थ्यलाभको कामना गदैं दिवसका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा मगर बौद्ध सेवा समाजकी अध्यक्ष दिलकुमारी पुनले बुद्धका उपदेश र शिक्षालाई दैनिक जीवनमा प्रयोग गर्नुपर्ने बताएकी थिईन् ।

बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल लगाएतको उपस्थितीमा भएको कार्यक्रमको सञ्चालन समाजका सचिव खम थापाले गरेका थिए ।  दिवसको अवसरमा विरामीलाई फलफुल वितरण, विद्यार्थीमा बुद्ध शिक्षा सम्बन्धि अन्तरक्रिया, बुद्ध पूजा तथा धर्मदेशना कार्यक्रम,शान्ति पदयात्रा, रथयात्रा, मुल कार्यक्रम र जेष्ठ ३ गते शनिवार मूल कार्यक्रम सञ्चालन गरिने बुद्ध संघका सचिव याम शाक्यले बताए । बि.श २०५३ सालमा पहिलो पटक खुल्ला बुद्ध जयन्ती समारोह गरी २०५४ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी नियमित मनाउँदै आइरहेको छ ।

Leave a Reply