'Project Possible' team members on top of Mt Dhaulagiri. Courtesy: Project Possible

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने लक्ष्यका साथ आरोहणमा निस्किएका पर्वतारोही निर्मल पूर्जाले बुधबार २१ घण्टामै ताप्लेजुङ्ग जिल्लामा अवस्थित ८ हजार ५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको आरोहण गरेका छन् । मंगलबार आधार कञ्चजंगा हिमालको आधारक्षेत्रमा पुगेका पूर्जाले बुधबार विहान ११ः१९ बजे चुचुरोमा पुगेको पूर्जाको भनाई उद्धित गदैं अंग्रेजी पत्रिका हिमालयन टाइम्सले जनाएको छ ।

पर्वतारोही पूर्जासँगै मिग्मा डेविड शेर्पा र जिस्मन तामाङ आरोहण दलमा सहभागी थिए । ‘लक्ष्य अनुसार अगाडी बढेको छु,‘निकै चूनौतीपूर्ण भएपनि सहजै चुचुरोमा पुग्न सफल भएका छौ’ पूर्जाको भनाई उद्धित गदैं विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा जन्मिएका पूर्जाले आफ्नै जिल्लामा रहेका हिमालबाट अभियान सञ्चालनको घोषणा गरेका थिए ।

पूर्जाको अभियानलाई प्रोजक्ट पोसिवल नाम दिइएको छ । उनले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका थिए । म्याग्दीमै रहेको विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण गरेपछि उनी कञ्चनजंगा तर्फ प्रस्थान गरेका हुन् । कञ्चनजंगा हिमाल नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो हिमाल मानिन्छ ।

बेलायती सेनामा हिम चितुवाको नामले चिनिने निर्मल पूर्जाले ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु,च्होयो, ,मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापमा रहेका छन् । यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । पाकिस्तानको केटु विश्वकै दोस्रो अग्लो हिमाल हो। उनले सन् २०१९ भित्र अभियान सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।

Leave a Reply