समुदायको लगानीमा ठडिएकोे बुद्ध विहार

म्याग्दीको सदरमुकाम बेनीबजारबाट करिव एक किलोमिटरको दुरीमा सुन्दर र शान्त वातावरणमा रहेको बुद्ध विहारमा शानितका अग्रदूत भगवान गौतम बुद्धका बारेमा सन्देशमुलक राखिएको छ । गौतम बुद्धका अति प्रभावशाली उपदेशसंगै आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषि गर्ने गरी पूर्वाधार विस्तार समेत गरिएको छ ।

बेनीबजार, मंगलाघाटबाट सदमार्ग तथा सवारीसाधनको प्रयोग गरी पुगिने बिहारमा सहजै प्रवेश पाइन्छ । बुद्ध शिक्षा प्राप्तीका लागि त्यहाँ रहेकाहरुको स्वागत तथा बिहार बाहिर र भित्रको वातावरणले आन्तरिक पर्यटकलाई आर्कषित गर्ने गरेको छ । भगवान गौतम बुद्धका बारेमा सुनेर पनि बुद्ध शिक्षाका बारेमा जानकारी नभएकाहरुलाई बिहारको प्रवेशद्धार देखी बुद्धको मुर्ती रहेको क्षेत्रसम्म पुग्ने बेलामा भित्तामा सजाइएका भनाई सहितका तस्वीरले समेत ज्ञान प्राप्तीमा सघाउँछ । हरेक ब्यक्तिको जीवनमा शान्तिको अनुभुति नगर्दासम्म समाज र राज्यमा शान्ति नुहने भएकाले पनि मानिसले जन्मसंगै अपरिहार्य लिएर आउने दुख जस्तै शारीरिक, मानसिक, पीडा, शोकलाई समेत बुद्ध शिक्षाले प्रष्ट ब्याख्या गरेको छ ।

बुद्ध शिक्षाको प्रचारप्रसारका लागि म्याग्दी बौद्ध संघको पहलमा निशुल्क जग्गा, आर्थिक सहयोग तथा चन्दा सङ्कलन गरी बनाइएको विहार सहितको भौतिक संरचनाले समेत बजार नजिककै नयाँ पर्यटकीय गन्तब्यको रुपमा विहारलाई चिनाउन सफल भएको छ ।

नेपालमा जन्मिएका भगवान गौतम बुद्धलाई भारतले आफ्नो देशको भन्दै विश्वभर प्रचारप्रसार गरिरहेको अवस्थामा स्थानीय समुदायले करिव ६० लाख आर्थिक संकलन तथा निशुल्क जग्गा सहितको सहयोगबाट बुद्ध बिहारको निर्माण गरेसंगै बुद्ध विहारलाई समेत पर्यटकीयस्थलका रुपमा विकास गरिएको म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले बताए । ‘विहारलाई बुद्ध शिक्षा प्राप्तीको स्थल मात्रै बनाएका छैनौ,‘यहाँ पर्यटकलाई समेत आर्कषित गर्न पूर्वाधारहरु समेत विस्तार गरिएको छ’ शाक्यले भने ।

उनले देशका विभिन्न जिल्लाबाट म्याग्दीमा प्रवेश गरेकालाई बिहारसम्म ल्याउने गरी प्रचारप्रसारका साथै हरेक बर्ष पूर्वाधार समेत थपिएको बताए ।उनले एशियाका तारा विश्वज्योती भवगान बुद्धको उपदेश र शिक्षालाई बजार देखी ग्रामिण क्षेत्रसम्म प्रचारप्रसार गर्ने उदेश्यले बि.श २०५३ सालमा पहिलो पटक खुल्ला बुद्ध जयन्ती समारोह गरी २०५४ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संंघको गठन भएको थियो ।

बौद्ध चैत्यको निर्माण गरेपछि बुद्ध शिक्षाको महत्वका बारेमा प्रचारप्रसार सहित समुदायकै लगानीमा भौतिक संरचना निर्माण गरिएको अध्यक्ष शाक्यको भनाई छ । सदरमुकामा आसपासमा घुम्न तथा छोटो समय रमाउन चाहने स्थलहरुको अभावलाई बुद्ध विहारले पुरा गरेको छ ।

करिव दुईरोपनीमा फैलिएको बिहारमा बस्ने स्थान, फ्रि वाईफाई तथा विभिन्न प्रजातीका फुलले आन्तरिक पर्यटकलाई आर्कषित गर्ने यूवा बुद्ध संघका अध्यक्ष सचिन शाक्यले बताए । ‘शिक्षा र भ्रमण दुवैका लागि बिहारमा पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको छ,‘पछिल्लो समय जिल्ला बाहिरबाट घुम्न आउनेको रोजाईमा समेत परेको छ’ शाक्यले भने ।बिहारमा घुम्न पुगेकालाई लक्षित गरी अभिलेख पुस्तक समेत राखिने छ । म्याग्दी बौद्ध संघ तथा बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोह समितिले २६४३ औ लुम्बिनी दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइदै छ ।