स्थानीय तहले सामुदायिक तथा निजी विद्यालयमका पाठ्यपुस्तकमा बुद्ध शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

म्याग्दी बौद्ध संघ तथा बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोह समितिले २६४३ औ लुम्बिनी दिवसको अवसरमा बिहिबार बुद्ध बिहारमा आयोजित बुद्ध शिक्षाको आवश्यकता विषयक कार्यक्रममा बुद्ध शिक्षाले विद्यार्थीको आचरणमा सुधार तथा असल नागरिक बन्न मद्धत पुग्ने म्याग्दी बिहारका भद्दन्त सम्यक सम्बोधि प्राणपुत्रले बताए।

सोही अवसरमा बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक यजनलाल शाक्यले विद्यालयमा पुगेर भगवान बुद्धको शिक्षाका साथै बालबालिकालाई ठूलालाई आदर, सानालाई मायाँ, परोपकारी भावना, कुलत विरुद्धको सामुहिक प्रतिबद्धताका साथै साँचो बोल्न सिकाउने गरी अभियान सञ्चालन गर्ने योजना बनाइएको बताए ।

उनले बुद्धको देशमा चरित्रवान् नागरिक तयार गर्न सकेमा विश्वलाई ठूलो सन्देश प्रवाह हुने भएकाले पनि बुद्ध शिक्षामा विद्यार्थीलाई सहभागी बनाइएको बताए । कार्यक्रममा बेनी सामुदायिक, माउण्ट एभरेष्ट आवासीय मावि, न्यू वेष्ट पोइन्ट आवासीय मावि, बुद्ध एकेडेमी, बालमन्दिर आधारभुत विद्यालय, लोकदिप आमावि र पर्वतबेनीमा अवस्थित न्यू होराईजन आमाविका विद्यार्थी सहभागी थिए ।

Leave a Reply