सौराहमा खुल्यो सुविधासम्पन्न होटल अर्थ लाइट (फोटो फिचर)

चितवनको सौराहमा सुविधासम्पन्न होटल अर्थ लाइट सञ्चालनमा आएको छ । डेढबर्ष अगाडी निर्माण सुरू भएको चारतारे स्ट्याण्डर्डकको होटल नयाँ बर्षबाट सञ्चालनमा आएको हो । चारतारे मापदण्डको होटलमा करिव म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका दिपक बोगटीको लगानी रहेको छ ।

अत्याधुनिक होटल अर्थ लाईटमा एकसय जना क्षमताको ओपन किचन सहितको डाइनिङ हल (रेष्टुरेण्ट), २२ वटा बाथटप सहित डिलक्स, ३ वटा फ्याम्ली स्विट कोठा, १ प्रसिडेल्सिल अर्थात रोर्यल स्वीट रुम, ९ वटा स्ट्यान्डर्ड गरी ६२ कोठा रहेको सुविधासम्पन्न होटलमा १ सय १० जना क्षमताको सेमिनार हल सहित अन्तराष्ट्रियस्तरको अपाङ्गमैत्री संरचना रहेको होटल ब्यवस्थापनले जनाएको छ ।

ओपन किचेन, मदिरा सेवनको लागि छट्टै बार भएको, चुरोट खानेहरुको लागि स्मोक जोन, प्रशस्ता पार्किङ स्पेश भएको, अन्तर्रा्ष्ट्रिय, राष्ट्रिय तथा स्थानिय खाना पाईने भएकाले पनि होटल सञ्चालन भएको केहीदिनमै विभिन्न राष्ट्रियस्तरको कार्यक्रमसँगै अपाङ्ता भएकाहरुको सेमिनार समेत सम्पन्न भएको छ ।

स्विमिङ पुल र बारले समेत आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न सफल भएको अर्थलाईटका सञ्चालक दिपककुमार बोगटीले बताए । होटललाई चार तारेको लागि आवश्यक पर्ने सबै पूर्वाधारलाई पुरा गर्ने लक्ष अनुसार निर्माण भइरहेको बताए । मलेसियामा सफल नेपाली ब्यवसायीको रुपमा चिनिएका बोगटीले मलेसियन पर्यटकलाई आर्कषित गर्ने गरी त्यहाँ समेत प्रचारप्रसार सुरु गर्ने जनाएका छन् ।

‘लगानी थपिदैछ,‘सौराहमा जानेलाई एकपटक सेवा दिने गरी नै पूर्वाधार विस्तार गरेका छौ’ बोगटीले बेनीअनलाइनलाई भने। दुईबर्षसम्म निरन्तर लगानीको चरण नै भएकाले पनि करिव ५० करोड भेट्ने बताए । होटलमा नेपालका पर्यटकीय तथा धार्मिकस्थलका तस्वीर सहित जानकारी राखिने छ । विषेशगरी म्याग्दीका पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारमा समेत होटलमार्फत सघाउने बोगटीको भनाई छ ।

उनले सौराहमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई जंगल सफारीका साथै आवश्यकता अनुसार देशभरकै पर्यटकीयस्थहरुको अवलोकन गर्न चाहने पर्यटकको चाहना पुरा गर्ने बताए । औपचारिक रुपमा सञ्चालनमा आएको होटल केही समयपछि उद्घाटन गरिने समेत जनाइएको छ । यता अपाङ्ताको क्षेत्रमा सक्रिय रहेका विभिन्न अगुवाले होटलको संरचना अपाङ्मैत्री रहेको बताएका छन् ।

केही समय अगाडी होटलको एक गोष्ठीमा पुगेका राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारी सहितका अगुवाले होटलको संरचनाले हरेक प्रकारका अपाङ्कता भएकालाई सहज भएको बताएका थिए ।

‘अपाङ्गमैत्री संरचनाका कारण धेरैको नजर पुगेको छ,‘नयाँ होटलले मापदण्ड अनुसारका संरचनामा अपाङ्ता भएकालाई प्राथमिकता दिनुपर्छ’ अपाङ्ग महासंघ गण्डकी प्रदेशका संयोजक खोमनाथ सुबेदीले भने । उनले होटलको संरचना सबै ठाउँमा जान मिल्ने अपाङ्गमैत्री बाटो रहेको बताए । उनले अपाङ्ता भएक ब्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ मा अपाङ्ता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचन हुनुपर्ने भएकाले ठूला होटलको संरचनाबाटै सन्देश फैलाउनुपर्ने बताए ।