थममायाँ थापा बनिन् पोलिटब्युरो सदस्य

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममायाँ थापा नेपाल कम्युनिष्ट पार्टी नेकपाले पोलिटब्युरो सदस्य भएकी छन् । म्याग्दीको रघुगंगा गाउँपालिका चिमखोलाकी थापा १४७ सदस्यीय पोलिटब्युरो सदस्यमा पूर्वएमालेबाट ८१ जनामा परेकी हुन् । समानुपातिकबाट सांसद बनेकी थापामगरलाई प्रधानमन्त्री केपी ओली निकट मानिन्छ ।

प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषद् विस्तारको क्रममा लाल बाबु पण्डित र थापामगरलाई पहिलो सपथ खुवाउँदै मन्त्रीपरिषद्को विस्तार गरेका थिए । उनी २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वा्चित भएकी थिइन् भने २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेकी थिइन्।

२०६४ सालमा एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो। तर २०७० मा २०६४ मा एमालेले समानुपातिक सांसद बनेका कसैलाई पनि नदोर्होयाउने निर्णय गरेपछि उनी बाहिरै परेकी थिइन्।उनी एमालेमा इमान्दार नेतृको रुपमा चिनिन्छिन्। एमाले पोलिटब्युरो सदस्य समेत रहेकी थापामगर पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघकी महासचिवको जिम्मेबारी समेत सम्हालेकी थिईन् ।

२०४० सालदेखि सक्रिय राजनीतिमा छिन्। म्याग्दीबाट केन्द्रिय राजनीतिमा सहजै उपस्थिती जनाउने थापामगर मात्रै हुन् । पूर्व एमालेभित्र महिला विभागमा विद्या भण्डारी हाल राष्ट्रिपतिपछिको दोस्रो नम्बरमा थापालाई लिने गरिन्थ्यो । प्रधानमन्त्री सँगै थापा राष्ट्रिपति भण्डारीसँग समेत राम्रो सम्बन्ध छ ।