नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको हिमाल,पहाड,तराई,मधेस जागरण अभियान अन्तर्गत आन्तरिक संगठन सुदृढिकरणलाई मुख्य विषय बनाएर जनताको घरघरमा पुगेको छ ।

यसैक्रममा नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् सभासद् रेशमबहादुर बानियाँको संयोजकत्वमा अभियानमा खटिएको टोलीले बेनी नगरपालिका वडा नं १ का लामगरा,रत्नैचौर र अर्जम,बेनी नगरपालिका २ ज्यामरुककोटको भकुण्डे र बेनपा ३ को तोराखेतमा कार्यक्रम सम्पन्न गरेको छ ।

जागरण अभियानमार्फत कांग्रेस हरेकको घरघर र मनमनमा पुग्ने उद्धेश्य अनुरुप संचालन गरिएको कार्यक्रममा वोल्दै टोलीका सदस्यहरुले आन्तरिक संगठन सुदृढिकरण,स्थानीय स्तरमा भएका विकास निर्माणको समिक्षा,राष्ट्रिय राजनीति र वर्तमान समसामयिक विषयमा जनतालाई जानकारी गराएका थिए ।

टोलीमा सहसंयोजक त्रिलोचन विक,पूर्व सहसभापति नेत्रवहादुर महत, जिल्ला कार्य समितिका सदस्य मनकुमारी विक,आमन्त्रित सदस्य लालबहादुर विक,तरुण दल म्याग्दीका सचिव सुमन वानियाँ,युवा नेता विक्रम बोगटी र मोहन महत लगाएतको सहभागिता रहेको थियो ।अभियानकै क्रममा नेपाली कांग्रेसको महासमितीले हालै पारित गरेको समावेशी विधानका वारेमा पनि जनतालाई जानकारी गराइएको अभियानका संयोजक रेशम बानियाँले जानकारी दिनुभयो ।

Leave a Reply