Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

’खाता खोल्नैमा वित्तिय पहुँच पुगेको मानिदैन’

केन्द्रीय बैंकले ग्रामिण क्षेत्रका सर्बसाधारण सम्म बित्तिय पहुँच पु¥याउनु पर्दछ भनेर निर्देशन दिएको कारण पनि बैंक तथा बित्तिय सस्थाहरु आजकल गाँउ गाँउसम्म पुगेका छन । जिल्लाको भौगोलिक अवश्था, सुरक्षा, जनघनत्व, नेटवर्क लगायत केही टेक्निकल समस्याका कारण बित्तिय सस्थाहरुलाई गाँउ गाँउसम्म पुग्न कठिनायी पनि हुन सक्दछ । अझैपनि म्याग्दीको बैकिङ्ग सेवा बजार केन्द्रित मात्रछ भन्ने हजुरको भनाई सगँ केही प्रतिशत मात्र सहमत छु ।

तर अहिले सबै जसो बैंक तथा बित्तिय सस्थाहरुभौतिक पुर्वाधारको सुबिधा भएको ठाँउसम्म मात्र शाखा संचालन गरेर भएपनि बैकिङ्ग साक्षरता, कारोबार र पहँुच भने गाँउ गाँउसम्म पु¥याउनु पर्दछ भन्ने सोचमा छन । गाँउ गाँउमा पुगेर सर्वसाधारणको खाता खोल्दैमा बित्तिय पहँुच पुगेको भने मानिदैन ।

खासगरी ब्यक्ति वा सर्वसाधारणले बैकिङ्ग सेवा सुबिधा प्रयोग गरेर उसको ब्यक्तिगत जिवनस्तर केही माथि उठेमा वा प्रत्यक्ष रुपमा लाभान्वित भएमा मात्र बैकिङ्ग सेवा सुबिधा तथा बैकिङ्ग पहुँच पुगेको मान्नुपर्दछ।  गाउँ गाउँमा बैकिङ्गपहुँच पु¥याउनका लागि सहकारी तथा लघुबित्त हरुलाई पनि बिशेष फोकस गरिनुपर्दछ। यसबाहेक सम्पुर्ण बित्तिय सस्थाहरुले गाउँ गाउँमा पुगी बित्तिय साक्षरता, बैकिङ्ग कारोबार तथा बैकिङ्ग पहुच उपलब्ध गराउनु पर्नेमा दुईमत छैन ।

गाँउबस्तीहरुका सर्वसाधारणहरुलाई बैकिङ्गपहुँच पु¥याउन भर्खरमात्र ग्लोबल आई एम ई बैंक लिमिटेडले समृद्धि सँगै जोडौ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित नयाँ बचत खाता लिएर आएको छ । यो खाता शुन्य मौज्दात खोल्न सकिन्छ भने खाता खोल्दाको दोस्रो दिन बैंकको तर्फबाट प्रोत्साहन स्वरुप खातामा रु १००÷– जम्मा गरिदिन्छ । गाउँमा बस्ने जनता पनि बैकिङ्ग सेवा सुबिधाका बारेमा जानाकार हुनुपर्दछ भन्ने सोच अनुरुप म्याग्दीका बिभिन्न गाउँहरुमा डोर टु डोर प्रोग्राम अन्तर्गत बैकिङ्ग सेवा सुबिधाका बारेमा जानाकारी दिदै त्यस क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा सुबिधाको पहुच भित्र समेट्ने कोशिश गरेका छौं ।

गाउँगाउँ सम्म बैकिङ्ग पहुँच पुराउनु पर्दछ भन्ने मान्यता अनुरुप म्याग्दी जिल्लाको पश्चिम भेग सिबाङ्ग मा ब्रान्च लेस बैकिङ्ग सेवा मार्फत पनि बैकिङ्ग सुबिधा प्रदान गरेका छौं ।यो सगँसगँै स्कुल, कलेज, युवा क्लब तथा आमा समुहहरुलाई बित्तिय साक्षरता प्रदान गरी बैकिङ्ग सेवा सुबिधाका बारेमा जानाकारी दिने प्रयासमा छौं ।

भोलानाथ पौडेल/शाखा प्रमुख
ग्लोबल आई एम ई बैंक लिमिटेड बेनी शाखा

Exit mobile version