देशकै अग्रणी वित्तिय संस्थाको रुपमा रहेको नेपाल बैंकले देशको समग्र वित्तिय पहँुचको विकास तथा विस्तारको लागि पुर्याएको भुमिकाप्रति अधिकांस नेपालीहरुमा ज्ञात भएकै विषय हो । स्थापना कालदेखिनै देशका सुगम मात्र नभई अधिकांस दुर्गम स्थानमा समेत शाखा स्थापना गरी सम्पुर्ण नेपालीहरुमा वित्तिय पहुँचत था बैंकिङ्ग कारोबारबाट हुने फाईदाहरुको बारेमा जानकारी गराउने कार्य नेपाल बैंकले विगत देखि नै गर्दै आएको छ ।

देशमा उत्पन्न भएका विभिन्न राजनितिक परिस्थितिहरुको कारण दुर्गम स्थानमा रहेका १०० भन्दा बढी शाखाहरु विगतमा विस्थापित भएको भए तापनि सम्पुर्ण स्थानी यतहमा बैंक शाखा पुर्याउने सरकारको अभियानमा सहयोग गर्नका लागितथा बैंक आफैले समेत राष्ट्रप्रतिको दायित्व आत्मबोध गरेर विगतमा विस्थापित शाखाहरु पुनस्थापना तथा नयां शाखाहरुको स्थापनालाई समेत प्राथमिकतामा राख्दै आईरहेको छ ।

विगत ४ दशक भन्दा लामो अवधि देखि सन्चालनमा रहेको नेपाल बैंक बेनीशाखाले समेत यस क्षेत्रको वित्तिय साक्षरता तथा वित्तियप हुचमा ठुलो योगदान पुर्याएको छ ।तर पनि म्याग्दीजिल्लाको हकमा विशेषतः यस क्षेत्रको भौगोलिक अवस्थितिको कारणले समेत स्थानीयबासिन्दाहरु सहज बैंकिङ्ग पहुच मात्र नभई अन्य सरकारी सेवा सुविधाहरुबाट समेत बन्चित रहेको देखिन्छ ।

हाल नेपाल सरकारले शुरु गरेको सम्पुर्ण नेपालीहरुको बैंक खाता अभियानको परिदृष्यमा नेपाल बैंकले समेत वित्तिय साक्षरता तथा वित्तिय पहुँच विस्तार गर्ने अभियान शुरु गरेको छ । सो अभियान अन्तर्गत समृद्ध नेपाल बचत खाता नामको नयाँ बचत खाता सन्चालनमा ल्याएको छ । विगतमा बैंकमार्फत गाउँघरमै पुगेर सेवा प्रवाह सहिका अभियान सञ्चालन गरिएको थियो ।

हाल सम्मकुनै पनि बैंकमा खाता नभएका ग्रहकहरु बैंक खाता खोल्न तथा बैंकिङ्ग कारोबार गर्न आकर्षित तथा उत्प्रेरित हुन भन्ने उदेश्यले खाता खोल्ना साथ रु. १०० बैंकले उक्त बचत खातामा जम्मा गरिदिने साथै निशुल्क मोबाईल बैंकिङ्ग तथा इ—बैंकिङ्ग सुविधार निशुल्क अन्तरशाखा कारोबार समेत उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका अतिरिक्त बैंकले विभिन्न स्थानीय निकायहरुमा समेत गई स्थानीयहरुलाई बैंकिङ्ग कारोबारको महत्व तथा वित्तिय कारोबारका अन्य आयामहरुको बारेमा साक्षर बनाउनका वित्तय साक्षरताअभियान सन्चालन गर्ने योजना तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा रहेको छ । मोहन लामिछाने÷प्रवन्धक नेपाल बैंक लि. बेनी शाखा

Leave a Reply