साक्षर हुनु भनेको कुनै पनि काम गर्न सक्ने सीप तथा क्षमताले योग्य हुनु हो । त्यस्तै दैनिक जीवनमा पैसा जरुरी पर्ने विभिन्न आवश्यकताहरुको उचित र मितव्ययी ढंगबाट व्यवस्थापन गर्ने सीप नै वित्तीय साक्षरता हो । समग्रमा वित्तीय साक्षरतामा पैसाको उचित व्यवस्थापनको लागि आवश्यक पर्ने ज्ञान¸ सीप र व्यवहार बारेका जानकारी र त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्न सक्ने विविध क्षमता पर्छन् ।आम्दानी¸खर्च¸बजेट¸बचत¸ऋण¸ विप्रेषण जस्ता विषयहरु समावेश हुन्छन् ।

सामान्य रुपमा भन्दा कमाएको पैसाबाट आवश्यक पर्ने खर्च गरेर बाँकी रहेको पैसालाई कसरी सुरक्षित रुपमा जोघाउने वा बचत गर्ने र त्यसको प्रयोगले कसरी भविष्यलाई सुरक्षित बनाउने भन्ने कुराहरु पर्दछन् । वित्तिय साक्षरताको पहुँचमा रहेकाले पैसा चलाउन र चिन्न सक्छन् ।यसले उमेर र समुह भन्दैन् । वित्तिय साक्षरता अन्तरगत गरिमा विकास वैंक लिले म्याग्दी जिल्लामा धेरै कार्यक्रमहरु गरेको छ । विषेशगरी विद्यालयस्तरमा समेत पुगेर विद्यार्थीहरुलाई मितव्ययी भएर खर्च गर्न सिकाउने प्रयास गरेका छौ ।

म्याग्दी जिल्लामा विभिन्न ४ स्थानमा गरिमा विकास वैंकले शाखा संचालन गरि विगत १० वर्ष भन्दा वढि समयदेखी यहाका स्थानिय वासिन्दालाई आफ्ना वित्तिय सेवाहरु उपलव्ध गराउदै आईरहेको छ । हाल गरिमा विकास वैंक म्याग्दीमा रहेका शाखा मार्फत करिव ३२ हजार जनाले निक्षप राख्ने साथै आफूलाई आवस्यक पर्ने कर्जा उपभोग गरिरहेका छन् साथै विभिन्न रेमिटान्स एजेन्सी मार्फत संसारको जुनसुकै स्थानवाट पठाएको विपेषण भुक्तानी गर्दै आईरहेको छ ।

अझैपनि म्याग्दीमा रहेका कतिपय जनता वित्तिय पहुचवाट वाहिर रहेका छन् । वित्तिय पहुच वाहिर रहेका म्याग्दीका विभिन्न समुदायका जनतालाई वित्तिय पहुच पु¥याउनको लागि यस वैंकले विगत लामो समयदेखी विभिन्न खाले वित्तिय शाक्षरता सम्वन्धी कर्यक्रमहरु संचालन गर्दै आईरहेको छ । विद्यालय,समुदाय, संघसंस्था लक्षित गरि विभिन्न समयमा आफ्ना सेवा सुविधाको वारेमा साथै समग्र वित्तिय क्षेत्रको वारेमा जानकारी प्रदान गर्दै आईरहेको छ ।

नेपाल सरकारको एक घर एक खाता अभियान अन्तर्गत यस वैंकले आफ्नो कार्यक्षत्र अन्तर्गतका समुदायमा घरघरमै पुगेर खाता संचालन आगामी दिनमा यस्ता वित्तिय जनचेतना मुलक कार्यक्रमलाई अझै ससक्त रुपमा अगाडी वढाउनुका साथै हरेक म्याग्देलीको वैंकखाता संचालन गर्ने कर्यमा अग्रसर हुने र विभिन्न माध्यमवाट वैंकिङ शाक्षरता सम्वन्धी कार्यक्रम संचालन गर्ने कार्ययोजना रहेको छ । कमलप्रसाद ढुंगाना÷ प्रबन्धक गरिमा विकास बैंक लि. बेनी शाखा

Leave a Reply