जिल्लाको मालिका गाउँपालिकाका सरोकारवाला निकायले बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । बालबालिकामाथि हुने हरेक प्रकारका हिंसाको अन्त्य गदैं बालमैत्री स्थानीय तह घोषणमा सघाउने बताएका हुन् ।गाउँपालिकास्तरीय प्रथम बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रमका उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बालबालिकाको अधिकारलाई सुनिश्चित गदैं बालमैत्री स्थानीय तह बनाउने बताईन् ।

उनले बालबाकिलाको क्षेत्रमा छुट्टिने बजेट परिचालन,बालविवाह, बालहिंसा, आधारभुत शिक्षाबाट बन्चित बालबालिकाको हित हुने गरी विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने बताईन् ।‘बालबालिकाकै सक्रियतामा बालमैत्री अभियान सञ्चालन गरिएको छ,‘बालबालिकाका समस्या उनीहरूबाटै पहिचान गरी समाधान सक्रिय बनाउँछौ’ बिटालुले भनिन् ।

उनले विद्यालय, वडास्तरमा समेत रहेका बाल सञ्जालमा आवद्ध बालबालिकाको क्षमता विकास सहित बालविवाह, लागुपर्दाथ दुब्र्यसनी, जातिय भेदभाव, यौनजन्य क्रियाकलापमा बालबालिकालाई प्रयोग लगाएत विभिन्न समस्या समाधानमा गाउँपालिकाले प्राथमिकता दिएको बताईन् । सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, वडा अध्यक्ष सन्तनाथ सुबेदी, श्रोतब्यक्ति तेजप्रसाद लामिछाने, जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुबेदीले बालमैत्री गाउँपालिका बनाउन आवश्यक सूचकको तयारी गर्नुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयका ९० विद्यार्थीको सहभागिता रहेको भेलाको अध्यक्षता वडा अध्यक्ष सुबेदी, स्वागत श्रोतब्यक्ति तेजप्रसाद लामिछाने र सञ्चालन वास सहजकर्ता कमला पौडेलले गरेकी थिईन् । तालिमको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयकी बाल अधिकृत श्रोतब्यक्ति मिठु आचार्य र पत्रकार हरिकृष्ण गौतमले सहजिकरण गरेका थिए ।

यसैबीच गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको हो ।गाउँपालिकाका विभिन्न विद्यालयमा गठन भएका बाल क्लवका प्रतिनिधीहरुको भेलाले हरि गौतमको अध्यक्षतामा गठन गरेको सञ्जालको उपाध्यक्षमा मिता पुर्जा,सचिवमा विनय सेती, सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन रहेका छन् । त्यसैगरी सदस्यहरूमा रविना घर्ती,मनिसा जुग्जाली, देवी पटेल,मुकेन घर्ति, टोरण पुन ,दिवाना पुन,माइकल पुन, निशा सुनार,वेजेन्द्र रोका र करिश्मा पुन रहेका छन् । नवनिर्वाचित अध्यक्ष गौतमले बालवालिकाको सर्वांगीन विकासका लागी विभिन्न क्रियाकलाप र अभियानहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply