म्याग्दीमा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको बेनी नगरपालिका–४ सिंगाकी १५ बर्षिया बालिकामाथि सामुहिक बलात्कार भएको हो । घरमा सुतिरहेको अवस्थामा राती साढे १ बजे मदिरा सेवन गरेका तिन यूवाले शौचालय तर्फ लागेर मदिरा सेवन गराई बलात्कार गरेको स्थानीयले नाम नवताउने सर्तमा बेनीअनलाइनलाई जानकारी दिए ।

घरबाहिर सुतिरहेको अवस्थामा मदिरा सेवन गरेका तीनै जना युवाले पालैपालो बलात्कार गरेको पीडित बालिकाको भनाई उद्धित गदैं उनले बताए । ’घटनास्थलमै पुगेर फर्किएको छु,‘ बालिकाले एकजनालाई पहिचान गरेपछि सामुहिक बलात्कारको पुष्टी भएको छ’ उनले भने । घटनास्थलमा तातोपानी प्रहरी चौकीका प्रहरी समेत पुगेका छन् । पीडित बालिकाले सामुहिक बलात्कारमा संलग्न एकजनालाई पहिचान गरेपछि घटनामा तीनजनाको संलग्नता भएको पुष्टी गरिएको थियो ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले घटनाको पुष्टी गरेको छ । सामुहिक बलात्कारमा परेकी बालिकाको स्वास्थ्य परिक्षण तथा संलग्नको पहिचान भएपनि अनुसन्धानमै रहेकाले विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाई छ । घटनाको अनुसन्धान भइरहेको र थप विवरणका खोजीमा सक्रिय भएकाले प्रहरीले बलात्कारमा संलग्नको समेत स्वास्थ्य परिक्षण गरी सार्वजनिक गर्ने जनाएको छ । पीडित बालिकाका आफन्त र स्थानीयले घटनामा संलग्नलाई कडा कारवाह्रीको माग गरेका छन् । बलात्करको घटनाले चिप्लेटी गाउँस्तब्ध भएको छ । प्रहरीले घटनामा संलग्न तीनै जनालाई फरकफरक स्थानबाट नियन्त्रणमा लिएको छ । स्वास्थ्य परिक्षणमा बालिकाको शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

Leave a Reply