रोजगारको सिलसिलामा कोरियामा पुगेका एक म्याग्देलीले कलेजोमा गम्भीर समस्या देखिएपछि सहयोगको याचना गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नं ६ दरबाङका कृष्ण केसीको कलेजोमा समस्या देखिएपछि आनसानको अस्पतालमा भर्ना भएका छन् । एक्कासी समस्या देखिएपछि स्वास्थ्य परिक्षणको क्रममा कलेजोमा समस्या देखिएको मोना कोरियाका अध्यक्ष किसन शेञ्चुरीले बताए । उनका अनुसार केसीको उपचारमा करिव १ करोड कोरियाली वोन खर्च भइसकेको छ ।

उनले चिकित्सकका भनाई उद्धित गदैं बेनीअनलाइनलाई दिएको जानकारी अनुसार केही हप्ता चिकित्सकको नियमित निगरानीमै उपचार गर्नुपर्ने भएकाले थप आर्थिक सहयोग आवश्यकता रहेको बताए । कोरियामा रहेका म्याग्देलीलाई सहयोग अभियानमा जुट्न अपिल गरिएको छ । विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेका केसीको उपचारमा अझै ठुलो आर्थिक स्रोत जुटाउनुपर्ने भएपनि चिकित्सकले नियमित उपचार सहितको खर्च ब्यवस्थापन गर्न अनुरोध गरेको अध्यक्ष शेरञ्चुरीले बताए । मोना कोरिया तथा विभिन्न संघसंस्था मार्फत सहयोग जुटाउने अभियान सुरु भएको छ ।

Leave a Reply