बेनी नगरपालिका वडा नं ४ मा एक बालिकामाथि सामुहिक बलात्कारमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट शौचालय जाँदै गरेको अवस्थामा सामुहिक बलात्कारको शिकार भएकी बालिकाले एकजना अभियुक्तलाई पहिचान गरेपछि प्रहरीले घटनामा संलग्न तीनजनालाई नै पक्राउ गरी बिहिबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सार्वजनिक गरेको हो ।

बेनी नगरपालिका वडा नं ५ बस्ने २५ बर्षिय कृष्ण विक, सोही स्थानका २१ बर्षिय विकास किसान र १९ बर्षका प्रेम किसानले बालिकालाई सामुहकि बलात्कार गरेका थिए ।  छिमेकी गाउँ डडुवाको मेलामा सहभागाी भएर फर्किने बेलामा सामुहिक बलात्कार गरेको बलात्कारमा संलग्नले प्रहरीलाइ्र्र बयानमा बताएका छन् । ‘घटनामा संलग्नलाई विभिन्न स्थाानबाट नियन्त्रणमा लिएका थियौ,‘बालिकाको एकजनासँग चिनजान देखिन्छ’ प्रनाउ महेन्द्रप्रसाद मरासिनीले भने ।

उनले दुईजनालाई गाउँबाटै र एकजना भाग्दै गरेको अवस्थामा मालिका गाउँपालिकाको रुमबाट नियन्त्रणमा लिइएको बताए । घटनाको भोलिपल्ट पिडित बालिकाले तातोपानीको प्रहरी चौकीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो । बलात्कारपछि बालिका करिव दुईघण्टा बेहोस भएकी थिईन्। तीनै जना युवाले पालैपालो बलात्कार गरेका थिए पीडित र घटनामा संलग्न तीनैजनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

जिल्ला अदालतबाट तीनदिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न २६ बर्षिय कृष्ण किसान केही महिना अगाडी मात्रै बैदेशिक रोजगारबाट फर्किएका थिए । घटनालगत्तै किसान छिमेकी जिल्ला बागलुङतर्फ जादै गरेको अवस्थामा प्रहरीले रुमबाट नियन्त्रणमा लिएको थियो । बलात्कारमा संलग्न तीनैजनालाई शरीर बन्धक, जवरजस्ती करणी मुद्धा दर्ता गरिएको छ । पीडितका आफन्तले आजीवन जन्मकैदको माग समेत गरेका छन् ।

Leave a Reply