नियमावलीका केही प्रावधान सच्चाउन माग गदैं ज्ञापनपत्र

नेपाल निर्माण व्यवसायी महासंघ म्याग्दीले सार्वजनिक खरिद(छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधानलाई सच्चाउन माग गदैं  जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको छ । सार्वजनिक खरिद(छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधानले देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने भन्दै नियमावली संशोधन तथा खारेज गर्न माग गदैं सघका अध्यक्ष नारायण जिसीले सहयाक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीमार्फत सरकार लाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष जिसीले सार्वजनिक खरिदको छैठौ संशोधनलाई हुवहु कार्यान्वयन भए देशको अर्थतन्त्रमा गम्भीर असर गर्ने बताए । ‘निर्माण ब्यवसायीलाई अर्को आन्दोलनमा जाने अवस्थाको अन्त्यको माग गर्दछौ,तिब्र गतिको विकासकमा लागि पुर्नविचार आवश्यक छ’ जिसीले भने ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई निर्माण ब्यवसायीले समेत आत्मसाथ गरेको बताउँदै नियावलीमा गरिएको परिमार्जनले ब्यवसायीभन्दा पनि विकास निर्माणमा असर देखिने बताए । महासंघले माग पूरा गर्न दबाब दिन जिल्ला प्रशासन कार्यालयमार्फत पहिलो चरणमा ज्ञापनपत्र बुझाएको संघले जनाएको छ । थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनी समेत दिएको छ ।