चट्याङले घर जलेर नष्ट, ३ जना घाईते

Del6415536

जिल्लाको अन्नपूर्ण गाउँपालिका ८ राम्चेको काफलडाँडामा चट्याङ पर्दा एक घर जलेर नष्ट भएको छ। काफलडाँडाको उन्नेचौरमा बुधबार अपराहन्न साढे तीन बजे परेको चट्याङ्ले स्थानीय दुधीमाया गर्बुजाको घर जलेर नष्ट भएको हो। चट्याङ परेलगत्तै भएको आगोलागीबाट खरले छाएको एक तले घरको सबै सामग्री जलेर नष्ट भएको हो ।

चट्याङ् लागेर गर्बुजा, उनकी छोरी र नातीनी घाइते भएका छन्। गर्बुजालाई राती नै उपचारका लागि बेनी ल्याइएको थियो । सामान्य घाइते छोरी र नातीनीलाई राम्चे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले गाउँमै पुगेर उपचार गरेका छन्। यसैबिच बुधबारको चट्याङले जिल्लाका अन्य क्षेत्रमा समेत क्षती पुगेको छ । मानवीय क्षती नभएपनि घर आसपास र विद्युत पोलमा क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।