नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको जागरण अभियानले म्याग्दीमा तिब्रता पाएको छ । जिल्लाका सबै स्थानीय तहका वडास्तरमै पुगेर आन्तरिक संगठन सुदृढिकरण, कार्यकर्ता भेटघाट सहित विभिन्न पार्टीका भावी योजनाका बारेमा जानकारी गराउने उदेश्यले जारी रहेको जागरण अभियान अन्तरगत बिहिबार बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीमा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् सभासद् रेशमबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बानियाँले पार्टीले प्रतिपक्षमा बसेर पार्टीका अभियानलाई केन्द्रित गरेर अगाडी बढ्ने बताएका थिए । जागरण अभियानमार्फत कांग्रेस हरेकको घरघर र मनमनमा पुग्ने उद्धेश्य अनुरुप संचालन गरिएकाको अभियानको दोस्रो चरणका बारेमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा पार्टी प्रबक्ता अजयमिलन श्रेष्ठले आन्तरिक संगठन सुदृढिकरण,स्थानीय स्तरमा भएका विकास निर्माणको समिक्षा,राष्ट्रिय राजनीति र वर्तमान समसामयिक विषयमा जनतालाई जानकारी गराएका थिए । त्यस्तै महिला संघकी अध्यक्ष बिमला गौचन लगाएतले मन्तब्य राखेका थिए। कार्यक्रमको सभापतित्व मिन बहादुर बानियाँ र सञ्चालन जिल्ला कार्यसमिति सदस्य मनकुमारी विश्वकर्माले गरेकी थिईन् ।

Leave a Reply