नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गित ‘बेनीको बजार’ बजारमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ दानामा सुटिङ गरिएको म्यूजिक भिडियोमा गर्बुजालाई मनिषा सुनारले साथ दिएकी छन् ।

पूर्णिमा विसीको सालैजोमा खुमबहादुर सुनारको शब्द, गायक गर्बुजाको संगीत, कलाकार शंकर विसी र पूर्णिमा जिसीले अभियन गरेका छन् । ठाडो मौलिक संस्कृतिको सालैजोमार्फत लोकगायनमा चर्चित गायक गर्बुजाको स्वरमा सजिएकाले गीतले लोकप्रियता कमाउने आशा गरिएको छ ।ज्ञानप्रकाश मावि दानामा छायाङ्कन गरिएका गीतमा स्थानीय कलाकारले समेत अभिनय गरेका छन् ।

बेनीबजार, तातोपानी, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना लगाएतका स्थलहरूलाई समेटिएको पूर्णिमा विसीले बेनीअनलाइनलाई बताईन् । ‘पर्यटकीयस्थलको प्रचारप्रसार गर्नु पनि प्रमुख उदेश्य हो,नेपाली मौलिकतालाई झल्काउने प्रयास गरिएको छ’ उनले भनिन्। लोपउन्मुख कला र संस्कृतिको संरक्षणमा सबै क्षेत्रबाट सक्रियता देखाउन सकेमा नयाँ पुस्तालाई आर्कषित गर्न सकिने बिसीको भनाई छ । म्यूजिक भिडियो यूटुवमार्फत बजारमा आएको छ ।

Leave a Reply