दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्समा माउण्ट एभरेष्ट प्रथम

दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स–२०७६ को जिल्लास्तरीय छनौट प्रतियोगितामा १२ स्वर्ण पदक सहित माउण्ट एभरेष्ट आवासीय मावि प्रथम भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको जिल्लास्तरीय प्रतियोगिताबाट विभिन्न ५ विधाका लागि छात्र तथा छात्रा खेलाडीहरु छनौटका लागि आयोजित प्रतियोगितामा माउण्टलाई पच्छाउँदै न्यू वेष्ट प्वाइन्ट आवासीय माविले ९ स्वर्ण पदक जितेको खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।

उनका अनुसार प्रतियोगितामा बालमन्दिर आधारभुत विद्यालयले ३ स्वर्ण, बुद्ध एकेडेमी २ स्वर्ण, बेनी आवासीय मावि १ स्वर्ण र अर्जुन माविका खेलाडीले १ स्वर्ण जितेका छन् । प्रतियोगितामा एथेटिक्स, तेक्वान्डो, कराँते, उसु खेल सञ्चालन गरिएको थियो ।

दुईदिनसम्म खुल्लामञ्चमा सञ्चालिका प्रतियोगिताको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गदैं खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पनि योजना बनाएर लाग्ने हुँदा खेल क्षेत्रको विकासका लागि चिल्ड्रेन गेम कोशेढुङ्गा हुने बताएका थिए ।कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले मन्तव्य राखेका थिए.।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले आगामी दिनमा उपराष्ट्रपति कपलाई विस्तारित एवं अझै उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन् ।कार्यक्रम अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा स्वागत र जिल्ला उसु संघ म्याग्दीका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा स्वर्णपदक विजेताले उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागी हुनेछन् ।