गलेश्वरमा भक्तजनको घुईचो

5

म्याग्दी ११ मंसिर । बालाचतुर्दशीका अवसरमा म्याग्दीको घतान गाविसमा पर्ने गलेश्वर मन्दीर परिसरमा शतबीज छर्ने तिर्थालुहरुको बुधबार विहानैदेखि घुँईचो लागेको छ ।

प्रशिद्ध मुक्तिक्षेत्र प्रवेशद्धारको रुपमा मानिने गलेश्वर मंगलवार रातभर भजनकिर्तन गरि जाग्राम बसेका तिर्थालुहरुको बिहानैदेखि शतबीज छर्न घुँईचो लागेको हो । धान जौ गहुँ तिल बदाम मर्क लगायत अन्नको बिउ मिसाई शतबीज छर्नाले पितृहरुको उद्दार हुने धार्मीक मान्यता रहेको छ ।

शतबीज छर्नका लागि काठमाडौ पोखरा धरान बुटवल भैरहवा स्याङ्जा पर्वत बागलुङ लगायत जिल्लाहरुबाट २० हजार भन्दाबढी तिर्थालुहरु गलेश्वर आएको गलेश्वर शिवालय क्षेत्र बिकास कोषले जनाएको छ । कालिगण्डकी नदि किनारमा रहेको विशाल चट्टानमाथि अवस्थित गलेश्वर क्षेत्रमा पुगी शिव मन्दिरको दर्शन गर्ने र कालिगण्डकी नदीमा स्नान गरेमा भौतिक पाप नष्ट हुने र मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

यसैबिच गलेश्वर क्षेत्रको महत्वको बारेमा प्रचारप्रसार गर्ने र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले त्यहाँ सोमबारदेखि बिशेष मेला संचालन भैरहेको छ । मेला गलेश्वर युवा कल्वले आयोजना गरेको हो ।

5 COMMENTS

  1. i iam missing balachaturdasi mela wat to do just seing the crowd of the peoles arround the temple of galeshowr.

    jeevan kc from oman

  2. Galeshowr Mela is attractive festival i really like this festival but unfortunately i miss this festival. i was attend every year but this year i unable to atten this festival that’s why i being to lonely. i always remember that moment when i was enjoy with that festival.

  3. galeshowr mela and festival i relly like this festival but i am out of nepal i miss this festival i was attend every year but this year i am out of nepal that iswhy i being to lonely i always remember that moment i was enjoy whth that fesyival tika karki doha qatar

Comments are closed.