चार हप्तामै पाँच अग्ला हिमालको आरोहण गरी विश्व रेकर्ड

Nirmal 'Nims' Purja. Photo Courtesy: Project Possible

एकैदिन विश्वको अग्लो सगरमाथा र ल्होत्से हिमालको आरोहण गरेका निर्मल पूर्जाले ४ हप्तामा संसारका ८ हजार मिटरभन्दा अग्ला ५ हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गर्न सफल भएका छन् । शुक्रबार विहान मकालु हिमालको सफलतापूर्वक आरोहण गरेसँगै चारहप्ताको अवधिमा ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही भएका छन् ।

गत बुधबार विहान साढे ५ बजे सगरमाथा आरोहण गरेका पूर्जालृ दिउँसो करिव पौने चारबजे ल्होत्से हिमालको आरोहण गरेका थिए । सेभेन समिट टे«कका शेर्पाको प्राविधिक सहयोगमा म्याग्दीको अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेका थिए । अन्नपुर्ण लगत्तै धवलागिरीका आरोहण गरेका पूर्जाले कञ्चनजंगा समेत छोटो समयमै आरोहण गर्ने आरोही बन्न सफल भएका छन् । सात महिनामा विश्वका अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान गर्ने लक्ष्य सहित आरोहणमा निस्किएका पूर्जाले चारहप्तामै नेपालभित्रका पाँच हिमालको आरोहण गरेपछि पहिलो चरणको आरोहणको कार्यतालिका सम्पन्न गरेका छन् ।

धौलागिरी हिमालको आरोहणको क्रममा उनले अतिरिक्त अक्सिजनको समेत प्रयोग गरेनन् ।२०१९ को मार्चदेखि बर्षको अन्तिमसम्म ३ चरणमा १४ वटा अग्ला हिमाल चढ्नेछन् । आरोही पुर्जाले ‘प्रोजेक्ट पोसिवल’ नाम दिइएको छ । मिसन अन्तरगत संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु केटु ,च्होयो, नाङ्गगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ्गमा रहेका छन् । १४ वटा अग्ला हिमालमध्ये नेपालमा रहेको ३ वटा हिमाल आरोहण गर्न बाँकी रहेको प्रोजेक्ट पोसिवलले जनाएको छ । अन्य हिमाल पाकिस्तान र चीनमा पर्दछ। पूर्जाको मिसनलाई स्वदेश तथा विदेशमा रहेका नेपाली तथा बेलायतमा विषेश चासोका साथ हेरिएको छ ।

जिल्लाको उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भएका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा इन्जिनियर्समा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए ।

पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए ।

SUMMIT SUCCESS:

Mt Annapurna – April 23

Mt Dhaulagiri – May 12

Mt Kanchenjunga – May 15

Mt Everest – May 22

Mt Lhotse – May 22

Mt Makalu – May 24