अर्मन र पिप्लेमा नेकपाको पूर्ण बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगला गाउँपालिका ५ अर्मन वडा कमिटिको पूर्ण बैठक शनिबार पाँखुमा सम्पन्न भएको छ । बैठकको अवसरमा गाउँपालिका कमिटिका अध्यक्ष प्रेमप्रसाद रेग्मीले वडा कमिटिका पदाधीकार र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । अर्मनमा नेकपाको २५ सदस्यीय कमिटि गठन भएको छ ।

वडा कमिटिका अध्यक्ष चिरञ्जिवी शर्माको अध्यक्षता, श्यामसुन्दर कडेलको सञ्चालन र वडा अध्यक्ष भुपेन्द्र खत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य चन्द्रप्रसाद बुढाथोकी, गाउँपालिका कमिटिका सचिव याम रोकाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच रघुगंगा गाउँपालिका ३ पिप्ले वडा कमिटिको पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकको अवसरमा जिल्ला सदस्य बालकृष्ण सुवेदीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष मोहन कार्कीको अध्यक्षता, सचिव तारा शाहीको सञ्चालन र गाउँपालिका कमिटिका सदस्य चन्द्रमान छन्त्यालको स्वागतमा सम्पन्न कार्यक्रममा गाउँपालिका कमिटिका अध्यक्ष दिपक कार्की, सचिव हरि भण्डारी, जिल्ला सदस्य खिमबहादुर शाही, भगवतीका अध्यक्ष झलक शर्मा, दग्नामका अध्यक्ष सुविन शेरपुञ्जा लगायतको उपस्थिती थियो ।