नेपाली काँग्रेस म्याग्दीको जागरण अभियान तिब्र

नेपाली कांग्रेस म्याग्दीले विभिन्न स्थानमा जागरण अभियानलाई तिब्रता दिएको छ । हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोटमा शनिबार आयोजित कार्यक्रममा स्थानीय कार्यकर्ताको भावना अनुसार नै पार्टीले जिल्लामा गतिविधि सञ्चालन गर्ने बताएका थिए ।

नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन र मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पहिलो चरणमा संकलन गरिएको सुझाव अनुसार दोस्रो चरणको कार्यक्रममा थप प्रभावकारी बनाउने बताएका थिए । जागरण अभियानको पहिलो चरणमा कार्यकर्तासँग पार्टीका गतिविधि, गुनासो तथा आवश्यकताका केन्द्रित भएको बताउँदै दोस्रो चरणबाट जनताको घरदैलोमै पुग्ने गरी अभियान सञ्चालन गर्ने बताइएको थियो ।

पार्टीका गतिविधि नियमित सञ्चालन, जनपक्षिय अभियान सहित विभिन्न योजनाबद्ध कार्यक्रममा केन्द्रित भएर अगाडी बढ्ने स्थानीय कार्यकर्ताले सुझाव दिएका थिए ।  यसैबीच बेनी नगरपालीका ६ थाकनपोखरीमा आम भेला सम्पन्न भएको छ । जागरण अभियान अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा थाकनपोखरीमा भएको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका उपसभापती माधव रेग्मीले नेपाली कांग्रेसले जनताका लागि काम गरेको हुँदा जनताले कांग्रेसलाई नै विश्वास गरेको बताए ।

उनले कार्यकर्तालाई सरकार विरुद्ध खबरदारी गर्दै अघिबढ्दै सरकारको कुमामको भण्डापोर गर्न आह्वान समेत गरेका थिए । कार्यक्रममा बेनी नगर सभापती अनोद श्रेष्ठ, वडा न ८ का वडा सदस्य हिम बहादुर भण्डारी, सदस्य हिरा पुन, मनोज कार्कीले बोलेका थिए । कार्यक्रम ओम बहादुर खत्रीको अध्यक्षता हरि पौडेलको स्वागत र बिशाल खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।