देउताभिर कपको उपाधी सुर्यमुखी युवा क्लब घरथोकको पोल्टामा

(बालकुमार फगामी मगर)
मालिका गाउँपालिका–५ मगरदाङमा आयोजित वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी सुर्यमुखी यूवा क्लव घरथोकले जितेको छ । देउताभिर तथा बुद्धजयन्ती मेलाको अवसरमा आयोजित प्रतियोगितामा छिमेकी बागलुङ जिल्लाको सोले यूवा क्लव तमानलाई पराजित गदैं उपाधी चुम्न सफल भएको हो ।

प्रतियोगितामा उपाधीसँगै सुर्यमुखीले ७५ हजार, मेडल, प्रमाणपत्र र ट्रफी हात पारेको छ । त्यस्तै उपविजेता तमानले ४५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै खुल्ला महिला फुटबलको उपाधी सामाखुसी फुटबल क्लव काठमाण्डौ आयोजक देउताभिर यूवा क्लव मगरदाङलाई पराजित गदैं उपाधी जितेको छ । प्रतियोगिताका विजेताले क्रमश १५ हजार, मेडल, प्रमाणपत्र र ट्रफी हात पारेका छन् ।

ग्रामिण क्षेत्रमा फुटबल खेलाडीको पहिचान गर्ने उदेश्यले सञ्चालित प्रतियोगितालाई भविस्यमा पनि निरन्तरता दिने क्लवले जनाएको छ । सहरबजारमा सिमित हुने फुटबल प्रतियोगितामा जिल्लाको ग्रामिण क्षेत्रमा ठूलो धनराशी सहित देविस्थानमा बर्षेनी सञ्चालन हुने गरेको छ । प्रतियोगितामा विजेता र उपविजेतालाई वडा अध्यक्ष पिपला बुढ, वडा सदस्य राजमति बुढा, स्थानीय समाजसेवी कुलबहादुर घर्तीले वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बुढाले खेलकुद क्षेत्रबाट समेत देविस्थानको चर्चा हुने गरेको बताईन् । उनले खेलप्रतिभालाई वडा तथा गाउँपालिकामार्फत समेत स्थान दिईने बताए । पुरस्कार तथा समापनका कायर््क्रमका काय क्लवका अध्यक्ष दोरन फगामीले आम्दानीबाट खेलकुद मैदान निर्माण गरिने बताए । समापन कार्यक्रमको सञ्चालन सचिव सम्भु सिउथानीले गरेका थिए ।