गत वर्ष सार्वजनिक गरिएको बोल माया गीत नसुनेको कमै होलान । लोक गीतमा नयाँ रेकर्ड नै कायम गरेको बोल माया गीतको सिक्वयलको रुपमा यस वर्ष बोल माया टिम (सर्जक तथा गायक प्रकाश सपुत, गायिका शान्ति श्री परियार र मोडल अञ्जली अधिकारी)ले सार्वजनिक गरेको ‘गलबन्दी’ गीत २४ घण्टा पनि नबित्दै युटुयुवको ट्रेण्डिङ्गमा प्रवेश गरेको छ । ‘गलबन्दि’को भिडियो यो समाचार तयार पर्दासम्म नेपालको ट्रेण्डिङ नं ५ मा रहेको छ ।

https://youtu.be/QNInfBuBcOA

गलबन्दी गीतमा बोल माया भन्दा अगाडीको दृश्य देखाएको छ । बोल माया गीतकै टिम रहेको सो गीतमा मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाई विषय बनाइएको छ । गीतमा शब्द संगित र स्वर गायक प्रकाश सपुतको रहेको छभने उनलाई स्वरमा गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।

मोडल अञ्जली अधिकारीले अभियन गरेको भिडियोको छायांकन करण चैसिर र निर्देशन प्रकाश र सहनिर्देशन उनका भाई देबेन्द्र बब्लुले गरेका छन् ।गीत गल्बन्दीलाइ रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ । गीतले अन्त्यमा बोल माया भाग २ को केहि कथा दिदै सबैलाई प्रतीक्षा गर्न पनि भनेको छ ।

Leave a Reply