विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको म्याग्दीमा प्रभाव देखिएको छ । नेकपाले सरकारतर्फबाट आफ्ना कार्यकर्ताको बिना कारण हत्या र धरपकड गरेको बिरोधमा आयोजित बन्दको पूर्वसन्ध्यामा गएराती बेनीबजार आसपासको क्षेत्रमै बम बिस्फोटका कारण सर्वसाधरणमा त्रास पैदा भएपछि म्याग्दीको सदरमुकाम बेनीका पसल र शैक्षिक संस्थामा यसको प्रभाव देखिएको छ ।

विप्लवका कार्यकर्ताले शैक्षिक संस्थाका प्रतिनिधिलाई फोन गरेर समेत बन्दको अवज्ञा नगर्न सचेत बनाउन थालेपछि बन्दको प्रभाव देखिएको हो । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेनन् । यहाँबाट पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगंज, बुटवल लगायत बजारमा जाने सवारी नचल्दा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । बन्दलाई प्रभावविहिन बनाउन प्रहरीले गस्ती सहित सर्वसाधारणलाई पसल सञ्चालन गर्न अनुरोध गरेको छ । बन्दका कारण जिल्लाको ग्रामिण क्षेत्रको जनजीवन समेत प्रभावित छ ।

Leave a Reply