सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउने मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताएका छन्। गाउँपालिका भित्रका हरेक वडामा रहेका विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएपनि बजेट अभावका कारण प्राथमिकताका आधारमा काम गरिरहेको बताउँदै अध्यक्ष रोकाले हरेक वडाका विद्यालय नमुना हुनुपर्नेमा जोड दिए ।

मंगला गाउँपालिका वडा नं २ हिदीको शिद्धशान्ति माविमा आयोजित कार्यक्रममा अध्यक्ष रोकाले विपन्नताका कारण शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थालाई तोड्ने बताए। विद्यालयमा आयोजित विविध कार्यक्रमको अवसरमा अध्यक्ष रोकाले मासिक, त्रैमासिक तथा अर्थबार्षिक र बार्षिक कार्ययोजना सहित अगाडी बढ्न अनुरोध गरेका थिए । वडा अध्यक्ष धनबहादुर खातीले समेत वडाभित्रका विद्यालयको अवस्थाका बारेमा बोलेका थिए ।

सोही अवसरमा बार्षिक परिक्षाको पुरस्कार वितरण, विविध छात्रबृत्ति वितरण, नवआगन्तुक विद्यार्थी स्वागत,अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण, शिक्षक तथा विब्यस पदाधिकारीलाई स्वागत, सहयोग तथा सम्मान कार्यक्रम, हेमबहादुर शेरपुञ्जाको अध्यक्षतामा विब्यस पूर्नगठन गरिएको छ । कार्यक्रमको शिक्षक जमानबहादुर खत्रीले सञ्चालन, स्वागत शिक्षक धनमायाँ तरामी र मन्तब्य बालकृष्ण पुर्जाले बोलेका थिए । कार्यक्रममा प्रधानध्यापक छक बहादुर पुनले विद्यालयलाई नमुना बनाउन निरन्तर सक्रिय रहेको बताएका थिए ।

Leave a Reply