आफूलाई ‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी हुँ भन्दै रकम असुली गर्ने दुई जनालाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेहरुमा अर्घाखाँची सीतापुर–६ घर भई हाल बानेश्वर बस्ने वर्ष ३० का हरिलाल खनाल र सोही ठाउँका वर्ष १९ का कपिल रिजाल रहेका छन् ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले जमलबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । वनस्थलीस्थित सनराइज बेकरी सप सञ्चालन गर्दै आएका विनोद नेपालबाट हामी प्रहरी हौँ भन्दै उनीहरुले १ लाख रुपैयाँ ठगी गरेका थिए ।

Leave a Reply