रघुगंगा गाउँपालिका वडा नं ५ झिँमा स्त्री रोगसम्बन्धी बृहत्त स्वास्थ्य शिविरमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयको आयोजना, रघुगंगा गाउँपालिका र बेनी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकदिने शिविरमा स्थानीयबासी लाभान्वित भएका छन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर चेकजाँच तथा परामर्श, भिडियो एक्सरे, आँग खस्ने समस्याको जाँच,यौनरोग, गर्भवती, हाईड्रोशिल, हर्नियका विरामीको पहिचान, डेन्टल सहित विभिन्न रोगका विरामीको उपचार गरिएको स्वास्थ्य कार्यालयमा प्रमुख भिमप्रसाद आचार्यले बताए ।

शिविरमा ५५ जनाले दन्त सेवा, ९१ जनाले भिडियो एक्सरे, ९५ जनाको पाठेघरको मुखको क्यान्सर र १ सय ७६ जनाको सामान्य चेकजाँच भएको बताए । त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्याल, बेनी अस्पतालका क्लिीनकल प्रमुख डा. नवराज बस्ताकोटी, डा. मनोज घिमिरे र डा. देवान कार्की लगाएत स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो ।

Leave a Reply