जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानको टिकोटमा घरैपिच्छे खानेपानीको धारा विस्तार गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्थानीय उपभोक्ताको जनश्रमदान सहित करिब २ करोड ९६ लाखमा सम्पन्न भएका आयोजनाले घरदैलामै खानेपानी आउने भएपछि स्थानीय दंग परेका छन् ।

गाउँदेखि १० किमी टाढा रहेको पानीको मुहानबाट ल्याइएको खानेपानी घरदैलोमा जडान गर्ने कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर पुनले बताए ।

उनका अनुसार खानेपानीका लागि स्थानीयले विगतमा भोग्नुपरेको समस्या अन्त्य भएको बताउँदै मर्मतसम्भार कोषमा ३ लाख ५० हजार रहेको बताए । प्रति महिना एक घरधुरी बरारबर ५० रुपैयाँ शुल्कको ब्यवस्था गरिएको छ । स्थानीय दल बहादुर नेपालीले घरदैलोमै खानेपानी आएपछि उत्साहित भएको बताए । टिकोटबाट निरोज

Leave a Reply