नेपाल बैक बेनी शाखाले म्याग्दी बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीदेखि समुदायसम्म वित्तिय संस्थामा पहुँच बढाउने उद्देश्यले समृद्ध नेपाल अभियानमा बचत खाता तथा बैंकमार्फत उपलब्ध हुने सेवासुविधा सहित सम्रग बैकिङ गतिविधिका बारेमा जानकारी कार्यक्रमको आयोजना गरिएको हो । स्नातक तहमा अध्ययरत विद्यार्थीमार्फत समुदायसम्म पुग्ने गरी बैकिङ साक्षरता कार्यक्रम गरिएको शाखा प्रबन्धक मोहन लामिछानेले बताए।‘ब्यापारिकभन्दा पनि शिक्षालाई प्राथमिकता दिएका छौ,‘क्याम्पसका विद्यार्थीमार्फत समुदायसम्म सन्देश पुग्नेछ’ उनले भने।

कार्यक्रममा सहायक शाखा प्रबन्धक सुवास थापामगरले बैङ्कको परिचय, बेनी शाखमार्फत उपलब्ध सेवाहरू, बचतको महत्व, निक्षेपका प्रकारहरु, रेमिटेन्स सेवा, कर्जा उपयोग गर्ने प्रकृयाहरूका साथै नेपाल बैंकको समृद्ध नेपाल अभियान अन्तरगत जिरो मौजदातमा खाता खोल्न सकिने, उत्त खातामा बैंकले १०० रुपैया राखिदिने, मोबाईल बैंकिङ, ईन्टरनेट बैकिङ लगाएत निशुल्क पाउन सकिने जस्ता सुविधाहरूका बारेमा शाखा प्रबन्धक लामिछानेले जानकारी दिएका थिए । कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले हरेक विद्यार्थीको बैंक खाता हुनुपर्ने बताए ।

उनले विद्यार्थीले पेशा तथा अभिभावकले उपलब्ध गराएको शैक्षिक खर्चलाई समेत बचत गर्न सक्ने बताए । कार्यक्रमका सञ्चालन सहायक प्रध्यापक नारायणप्रसाद सुबेदीले गरेका थिए । यसैबीच नेपाल बैंकले मंगला गाउँपालिका वडा नं १ दिपशिखा माविमा समेत वित्तिय सारक्षता कार्यक्रम सम्पन्न गरेको छ । बेनीमा निजी बैंकसँग दु्रत गतिमा सेवा उपलब्ध गराउन सक्ने बैंकको रुपमा समेत स्थापित नेपाल बैकको बेनी शाखा गण्डकी प्रदेशमै उत्कृष्ट सेवा प्रवाह गर्ने शाखाहरु मध्येमा पर्छ । बेनी शाखामार्फत जिल्लाका स्थानीय तहमै पुगेर विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

Leave a Reply