कीर्तिमानी आरोही निर्मल पूर्जाले आफ्नै पूरानो कीर्तिमानीलाई तोडेका छन् । ७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने अभियानमा रहेका पूर्जाले पाँचदिनमा आरोहण गरेको पुरानो कीर्तिमानीलाई ४८ घण्टामै आरोहण गरी तोड्ेका हुन् । अंग्रेजी बर्ष २०१७ मे २७ मा रेकर्ड रहेको पूर्जाले ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण गरेका थिए ।

एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भएका पूर्जाले यसपटक १४ हिमाल आरोहण गर्ने पहिलो चरणमै पाँचवटा हिमाल आरोहणको क्रममा आफ्नै रेकर्ड तोड्न सफल भएको पूर्जाको भनाई छ । छोटो समयमै आधादर्जन अग्ला हिमाल आरोहणको दवावम रहेका पूर्जा विश्वभरी चर्चामा छन् । सगरमाथाको चुचुरोमा आरोहीको तातीको तस्वीरसँगै भाइरल भएका पूर्जालाई हिम चितुवा समेत भन्ने गरिन्छ ।

‘पूरानो कीर्तिमानी तोड्न सफल भएको छु,‘अब दोस्रो चरणको मिसनको तयारीमा छु’ पूर्जाले भने । च्होयो, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशाप सहित बाँकी हिमालको आरोहणलाई सन् २०१९ को अन्तिममा सम्पन्न गर्नेछन् ।१४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ ।बेसक्याम्पसम्म हेलिकप्टरमा पुग्ने गरेका पूर्जाले लक्ष्य अनुसार नै मिसनलाई अन्तिम रुप दिन मिल्ने गरी अनुभवी शेर्पाहरूलाई रोजेका छन् ।

उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए ।

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका छन् । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् ।

Leave a Reply