समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोमबार धवलागिरी गाउँपालिका वडा नं ४ मुदीको बुद्धिविकास माविमा एकदिने जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना, इलाका प्रहरी कार्यालय दरबाङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा प्रहरीको अभियान डरलाग्दो नभई रहरलाग्दो भएकाले सहकार्यको अपेक्षा गरिएको बताइएको थियो ।

कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बालबालिकाको प्रयासमा समाजमा अपराध रोकथाम,
सामाजिक विकृति विरुद्ध जनचेतना फैलाउन, सामाजिक सुरक्षालाई अभिवृद्धि गराउने अभियानलाई प्रभावकारी बनाउने बताए । उनले गाउँपालिकाबाट बालहिंसाको अन्त्य तथा बालविवाहलार्ई निरुत्साहित गर्ने कार्यक्रमलाई तिब्रता दिएको बताए।उनले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रममार्फत जनचेतना फैलाउनुका साथै बालबालिकालाई समाजप्रति जिम्मेबार बनाउने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले विद्यालय केन्द्रित कार्यक्रमहरुले बालबालिकालाई सचेत बनाउने बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका निरिक्षक रामप्रसाद पाण्डे र सहायक प्रहरी निरिक्षक नविन चालिसले अपराध, विकृति, दूव्र्यसनी न्यूनीकरण लगाएतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष सवबहादुर घर्ती, स्वागत निमित्त प्रअ टिकाराम सुबेदी, स्वागत लोकबहादुर घर्ती र सञ्चालन शिक्षक चिरञ्जीवि पौडेलले गरेका थिए । कार्यक्रममा बुद्धिविकास माविका कक्षा ८, ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply