चरम विपन्नताको कारण उच्च शिक्षालाई पन्छाएर मजदुरी गदैं आएकी अन्नपूर्ण गाउँपालिका–१ दोबाकी कुमारी राम्जालीलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर पुनले आर्थिक सहयोग गरेका छन् ।

दैनिकज्याला मजदुरी गरेर परिवारको गुजरा चलाउँदै आएका अमबहादुर राम्जालीले आत्महत्या गरेपछि अपाङ आमा र चारभाई बहिनीका लागि गाउँकै विद्यालयबाट एसइई उत्र्तिणा गरेपनि उच्च शिक्षाको बाटोलाई मोडेर गाउँघरमा ज्यालामजदुरी, मेलामा होटल सञ्चालन गरी घरखर्च चलाउँदै आएकी राम्जालीलाई गाउँपालिका अध्यक्ष पुनले १० हजार आर्थिक सहयोग गरेका हुन् ।

बेनीअनलाइनमा प्रकाशित समाचारबाट जानकारी पाएलगत्तै भेट्ने चाहना गरेका अध्यक्ष पुनलाई पोखरेबगरमा राम्जालीले घरको जिम्मेबारी सम्हाल्नुपर्ने भएकाले आफ्नो ब्यक्तिगत शिक्षाभन्दा भाईबहिनी र अपाङ्ग आमाको रेखदेख महत्वपूर्ण भएको बताईन् ।

‘मैले घर छोड्दा चुल्हो बोल्दैन्,‘भाईबहिनीहरू भोकभोकै बस्नुपर्छ’ कुमारीले भनिन् । उनले शाररीक तथा मानसिक रुपमै अशक्त आमाको जिम्मेबारी सम्हाल्दा आफ्नो उच्च शिक्षाको चाहना अधुरो भएपनि भाईबहिनीलाई पढाईमा निरन्तरता दिने योजना रहेको बताईन् । सहयोग हस्तान्तरण गदैं अध्यक्ष पुनले भविस्यमा पनि सहयोेगको प्रतिबद्धता जनाए । ‘मैले राज्यको सुविधाबाटै केही सहयोग गरेको छु‘सहयोगको सदुपयोग भएमा भविस्यमा पनि निरन्तरता दिन्छु’ अध्यक्ष पुनले भने ।

उनले गाउँपालिका भित्र विपन्न बालिबालिकालाई आफ्नो र गाउँपालिकाबाट समेत सहयोग हुने बताए । गाउँकै विपन्न राम्जाली आफन्तको घरमा बस्दै आएका छन् । कुमारीकी बहिनी कुशुमले कक्षा १०,कुमारले कक्षा ८, करिना कक्षा ४ र काजल कक्षा ४ मा अध्ययरत छन् ।करिना र काजल जुम्ल्याह हुन् । यसैबीच कुमारीले सहयोगलाई सदुपयोग गर्न पोखरेबगरमा अवस्थित गरिमा विकास बैंकको शाखामा खाता खोलेर अध्यक्ष पुनको सहयोग जम्मा गरेकी छन् । उनले सहयोगलाई भाईबहिनीको शिक्षादिक्षा सहित आवश्यकतामा खर्च गर्ने बताईन् ।

Leave a Reply