म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३ मुनामा आयोजित स्त्री रोगसम्बन्धी बृहत्त स्वास्थ्य शिविरमा दुईजना महिलालाई पाठेघरको मुखमा क्यान्सरको जोखिम देखिएको छ । स्वास्थ्य कार्यालयको आयोजना, घवलागिरी गाउँपालिकाको सहआयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा दुईदिनसम्म सञ्चालित स्वास्थ्य शिविरमा नियमित चेकजाँचको अभावमा रोग लुकाउने गरिएको बताइएको थियो ।

गाउँमै स्वास्थ्य चौकी भएपनि नियमित चेकजाँच तथा परामर्शको अभावमा मुना सहित गाउँपालिका भित्रका विभिन्न वडाबाट शिविरमा आएका महिलामा स्तन तथा पाठेघर क्यान्सर समस्य देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्यले बताए । उनका अनुसार स्त्रीरोग शिविरमा भेटिएका महिलाले जटिल समस्यालाई सामान्य भन्दै आफ्ना घरपरिवारका सदस्यलाई समेत जानकारी नगराउने गरेको बताए ।

शिविरमा समान्य चेकजाँच ६७०, दन्त सेवा ९२ मध्ये ५२ जनाको दाँत फुकालेको, भिडियो एक्सरे ८९ जना, सुगर परिक्षण २८५, माइरन अप्रेसन ४ जना, हाईड्रोशिल, हर्नियाका २ जनाको पहिचान, परिवार नियोजन सेवा अन्तरगत इम्पलान्ट लगाउने ४ जना, आयूसिडी लगाउने १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शिविरमा गाँउपालिका उपाध्यक्ष रेशम छन्त्यालले ग्रामिण क्षेत्रका महिलामा देखिएको समस्यालाई आगामी दिनमा समेत शिविर सहित घरदैलोमै पुगेर सेवा दिने प्रतिवद्धता जनाएका थिए । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्याल, डा. विवेक सुनार, डा. मनु विक, डा. अनिल पाण्डे, डा. तिलक गौतम लगाएत १८ जना स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो।

िशविरले ग्रामिण क्षेत्रमा महिलाले रोगको पहिचान नहुदाँ पीडालाई लुकाउने, जटिल अवस्थामा मात्रै स्वास्थ्य चौकीमा जाने गरेको अवस्थामा सहज भएको बताइएको थियो । शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, स्थानीय जनप्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । यसअगाडी रघुगंगा गाउँपालिकाको झिँमा आयोजित शिविरमा करिव ४ सयले सेवा लिएका थिए ।

Leave a Reply